ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा बैंकिङ प्रणालीबाट ट्राफिक जरीवाना भुक्तानी प्रणाली शुरू

२०७७ फागुन, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन ५, चितवन । चितवनमा बैंकिङ प्रणालीबाट ट्राफिक जरीवाना भुक्तानी गर्ने प्रणालीको शुरू गरिएको छ । राजस्व संकलनलाई पारदर्शी र व्यवस्थित बनाउन बैंकिङ प्रणालीको शुरु गरिएको हो । 

यसअघि चितवनमा ट्राफिक कार्यालयको रसिदको आधारमा जरिवाना संकलन हुँदै आएको थियो ।  बुधबार नारायणगढमा जिल्ला ट्राफिक कार्यालयलको आयोजना तथा ग्लोबल बैंकिङको सहकार्यमा सेवा शुभारम्भ गरिएको हो । सेवाको शुभारम्भ बाग्मती प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जरीवाना तिरिएको बैंकको भौचर दिएर गरेका थिए ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक लामाले नेपाल प्रहरी प्रविधिमैत्री भएको भन्दै आर्थिक पारदर्शिताका लागि ट्राफिक जरीवाना बैंकिङ प्रणालीबाट भुक्तानी सेवा शुरू गरेको बताए  ।

कार्यक्रममा बाग्मती प्रदेश ट्राफिक प्रमुख शान्तिराज कोइराला, चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी, कोष तथा लेखा नियन्त्रक कार्यालय, चितवनका प्रमुख महेन्द्र भण्डारी लगायतले  ट्राफिक कार्यालयको प्रविधिमैत्री सेवाको बारेमा प्रकाश पारेका थिए । बाग्मती प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने चितवन जिल्लामा दैनिक २५ हजार सवारीसाधन यो जिल्ला भएर ओहोरदोहोर गर्छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)