ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्यात प्रवर्द्धनका लागि अभिमुखीकरण

२०७७ फागुन, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । मुलुकमा आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा सघाउने उद्देश्यले चितवनमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र चितवन उद्योग संघको संयुक्त आयोजनामा चितवनका उद्योगी व्यवसायीलाई अभिमुखीकरण तालीम दिइएको हो ।

केन्द्रले हालै सार्वजनिक गरेको अनलाइन पोर्टलको बारेमा कार्यक्रमका सहभागीलाई अभिमुखीकरण गराइएको थियो । त्यसबारे प्रशिक्षण दिँदै केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोलले उद्योगी व्यवसायीलाई उत्पादित वस्तुको विदेशमा बजारीकरण, आयात प्रतिस्थापनको प्रावधान र प्रक्रियाबारे जानकारी गराएका थिए । विभागको पोर्टलमा गएर उद्योगी व्यवसायीले रजिष्टर गरी एक्जिम कोड लिएपछि आफ्नो व्यवसाय निःशुल्क रूपमा प्रवर्द्धन गर्न सक्ने उनले बताए । नेपालमा उत्पादित वस्तु बढीभन्दा बढी निर्यात गर्न र आयात प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भर उन्मुख बनाउने रणनीति सरकारको छ । यसका लागि निर्यात व्यापारमा उद्योगी व्यवसायीलाई सहजीकरण गर्न अनलाइन पोर्टलको व्यवस्था गरिएको उनको भनाइ छ ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले उत्पादनको प्रवर्द्धनमा निजीक्षेत्र र राज्यको भूमिका महत्त्वपूर्ण रहने भन्दै अनलाइन पोर्टलको प्रयोगबाट फाइदा लिन उद्योगी व्यवसायीलाई आग्रह गरे । सातओटै प्रदेशका व्यावसायिक संघसंस्थाको सहकार्यमा उक्त पोर्टलबारे अभिमुखीकरण कार्यक्रम गरिने जानकारी उनले दिए । ‘उद्योगी व्यवसायीलाई प्रविधिमैत्री बनाएर निर्यात प्रवर्द्धन गर्नु हाम्रो लक्ष्य हो,’ राणाले भने । राज्यका नीतिहरूमा अझै पनि कमजोरी हुन सक्ने भन्दै उनले आफ्ना समस्या राखेर आवश्यक सल्लाह सुझाव दिन समेत आग्रह गरे ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले केन्द्रको अनलाइन पोर्टलबाट निर्यातमूलक वस्तुको सबै जानकारी सहज रूपमा पाइने भन्दै यसको प्रयोगमा अभ्यस्त हुन उद्योगी व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, परिसंघ लगायतका पदाधिकारी तथा उद्योगी व्यवसायीले आफ्ना धारणा राख्नुका प्रशिक्षण लिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)