ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माणाधीन रंगशालाको आय–व्यय सार्वजनिक : ३२ करोड आम्दानी, ४३ करोड खर्च

२०७७ फागुन, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन १७, चितवन । चितवनको भरतपुर महानगरपालिका १६ रामपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको आय व्यय सार्वजनिक भएको छ । रंगशाला निर्माणका अभियान्ता धुर्मुस सुन्तली फाउण्डेशनले आज (सोमवार) हालसम्मको आय–व्यय सार्वजनिक गरेको हो  ।

फाउण्डेशनका अनुसार रंगशाला निर्माणमा अहिलेसम्म ४३ करोड ४८ लाख ६ हजार ३८२ रुपैयाँ २३ पैसा खर्च भएको छ । सोमवार गरिएको सार्वजनिक विवरण अनुसार हालसम्म ३२ करोड ३० लाख २४ हजार ३५४ रुपैयाँ ८० पैसा मात्र आर्थिक संकलन भएको छ ।

रंगशाला निर्माण गर्दा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा बक्यौता रहेको फाउन्डेसनले जानकारी दिएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले मैदानको काम ८५ प्रतिशत र प्याराफिट तर्फको काम ३० प्रतिशत सम्पन्न भएको जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदनअनुसार रंगशाला निर्माणको कुल लागत अनुमान ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

एक लाख सहयोग गर्नेको कुर्सीमा नाम
निर्माणाधिन रंगशालामा न्यूनतम १ लाख रुपैयाँ सहयोग गर्ने दाताको नाम कुर्सीमा लेखिने भएको छ । फाउण्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्याराफिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको छ ।

‘कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्सीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्नु पर्नेछ ।’ अभियान्ता कट्टेलले भने ।

रंगशालामा ७ ओटा प्रदेश र ७७ ओटै जिल्लाको पहिचान झल्किने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ । ‘हाम्रो रंगशाला मेरो कुर्सी’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था फाउन्डेसनले बताएको छ ।

यस अभियानबारे विस्तृत जानकारी मोबाइल एप्स, फेसबुक र अन्य सञ्चार माध्यमबाट एक महीनाभित्र सार्वजनिक गरिने फाउण्डेसनले जानकारी दिएको छ ।

पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट बढ्दै जान थालेपछि पाउण्डेशनले यस अभियानको शुुरुवात गरेको हो । फाउण्डेसनले यस अभियानबाट ३० हजारले कुर्सीमा नाम राखे ३ अर्ब संकलन हुने अनुमान गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)