ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन पुष्प व्यवसायीको अध्यक्षमा सापकोटा

२०७७ फागुन, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका पुष्प व्यवसायीको भेलाले तेजेन्द्र सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पुष्प व्यवसायीको भेलाले सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रिता गुरुङ, सचिवमा जीवननाथ तिमल्सिना तथा कोषाध्यक्षमा सुलभ श्रेष्ठ चयन भएका छन् । यस्तै, कार्यसमिति सदस्यमा श्यामकाजी तिमल्सिना, सुमित्रा ढकाल, दीपेन्द्र बाँस्तोला, बुद्धबहादुर गुरुङ र अनिता गुरुङ चयन भएका हुन् ।

सोही भेलाले ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा अमर घले, प्रकाश पन्त र घनश्याम घिमिरे रहेका छन् । संस्थाको नामलाई पूर्णता दिन भने बाँकी छ । समितिको पहिलो बैठकले नामको विषय टुंग्याउने अध्यक्ष सापकोटाले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)