ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा हालसम्मकै ठूलो फेसन मेला हुँदै

२०७७ फागुन, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन २०, चितवन । चितवनमा हालसम्मकै ठूलो फेसन मेला आयोजना हुने भएको छ । नेपाल डायरीजको आयोजनामा चैत २७ र २८ गते ‘ग्ल्यामअप नेपाल २०२१’ हुने भएको हो । फेसन डिजाइन तथा व्युटिसियनमा भविष्य बनाउनेहरुलाई लक्षित गरी उक्त मेलाको आयोजना गरिएको हो । 

विगतमा हुँदै आएको ग्ल्यामअप नेपाल’ लाई नै यसपटक परिस्कृत गरी फेसन मेला आयोजना गर्न लागिएको नेपाल डायरीजका प्रवन्ध निर्देशक बिनेश थापाले जानकारी दिए । उक्त मेलामा सौन्दर्य तथा फेसन डिजाइनिङ सम्बन्धित प्रशिक्षणदेखि फेसन शो सम्मका कार्यक्रम हुने थापाले बताए ।

भरतपुरको पर्व बैंक्वेटमा हुने उक्त मेलामा सौन्दर्यसँग सम्बन्धित ३० ओटा भन्दा बढी स्टलहरु रहने छन् । ती स्टलहरुमा सौन्दर्य तथा संस्कृति झल्किने सामग्रीहरु राखिनेछ । यस्तै नेपालकै ख्यातीप्राप्त ब्युटिसियन तथा फेसन डिजाइनरहरुले प्रशिक्षण दिने थापाले बताए । उक्त कार्यक्रममा ब्युटिसियन तथा फेसन डिजाइनरहरुलाई प्रशिक्षण दिइनेछ ।

फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण कार्यक्रममाप्रत्यक्ष रुपमा २०० जनाको सहभागिता रहनेछ । यस्तै सौन्दर्य सम्बन्धी प्रशिक्षणमा प्रत्यक्ष रुपमा ८०० भन्दा बढी सहभागी हुने उनले बताए ।

दुवै दिन बिहान १० देखि दिउँसो ४ बजेसम्म प्रशिक्षण कार्यक्रम हुनेछ भने साँझ ६ बजेदेखि १० बजेसम्म फेसन शोको रन वे सेसन हुनेछ । पेज ३ स्तर को शोमा ६५ भन्दा बढी मोडलहरु सहभागी हुनेछन् । जसमायुवा, युवती र बालमोडलहरु रहने बताईएको छ ।

फेसन शो मा सहभागिताका लागि अनलाईन फारम खुल्ला गरिएको छ । फारम भर्नेहरुको २२ गते शनिबार नेपाल डायरीजको कार्यालय शहिदचोक संगम मार्केटमा अन्तर्वाता हुनेछ । छनौट भएका सहभागीहरुलाई कोरियोग्राफरले प्रशिक्षण दिनेछन् । उनी हरुले फेसन र विभिन्न सँस्कृति झल्कने एक सय वटा छुट्ट छुट्टै सिक्वेन्स प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रममा नेपालकै चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुने नेपाल डायरीजका सञ्चार संयोजक अनिल घिमिरेले जानाकारी दिए ।

चितवनमै यस किसिमको फेसन मेलापहिलो पटक आयोजना हुनलागेको घिमिरेको भनाइ छ । करीब ६ हजार जनाले मेलाअवलोकनगर्ने अपेक्षा गरिएको उनले बताए । ब्युटिसियन, फेसन डिजाइनिङ तथा मोडलिङमा भविष्य बनाउन चाहनेहरुलाई यो मेला उपलब्धीमुलक र फलदायी हुने  घिमिरेको  भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

Mina magar

[Mar 18, 2021 04:47pm]

Designer


User Image

Shiva Pariyar

[Mar 7, 2021 02:52pm]

Mali yo so ma aunI man xa



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)