ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२५ मेवाको सिंगटी खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल

२०७७ फागुन, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

फागुन २२, दोलखा । २५ मेगावाट(मेवा) क्षमताको सिंगटी खोला जलविद्युत् आयोजनाको परीक्षण विद्युत् उत्पादन सफल भएको छ । उत्तरी दोलखाको सिंगटी खोलामा निर्मित आयोजनाको केहीदिन अघिदेखि शुरु गरिएको विद्युत् उत्पादन परीक्षण सफल भएको हो ।

विद्युत् गृह हेडवक्र्स, टनेल, पेनस्टक लगायतका भौतिक संरचनाहरुको परीक्षण पश्चात गरिएको विद्युत् उत्पादनको परीक्षण सफल भएको सिंगटी खोला जलविद्युत् आयोजनका आयोजना प्रमुख मनहरी सापकोटाले आर्थिक अभियानलाई बताए ।

 तर विद्युत् उत्पादन गर्न आयोजना सफल भएपनि सिंगटी– लामोसाँघु प्रसारण लाईन निर्माण नहुँदा आयोजनाबाट उत्पादीत विद्युत् खेर जाने अवस्था आएकोले आफूहरुले आयोजना सम्पन्न गरेको खुशी मनाउनसमेत नसकेको दुुःखेसो सापकोटाको छ । 

१२ दशमलव ५ मेवा क्षमताका दुई ओटा जेनेरेटरबाट २५ मेवा विद्युत् आयोजनाबाट उत्पादन भएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाले बताएको छ ।

आयोजनाले स्थानीय प्रभावितलाई शेयर वितरण गरिसकेको छ भने सर्वसाधारणकालागि आगामी चैत ६ गतेदेखि आईपीओ विक्री गर्न लागेको आयोजना प्रमुख मनहरि सापकोटाले बताए ।

प्रारम्भमा ४ अर्ब ६३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० ओटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा १ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी रहेको छ । 

आयोजना निर्माण अवधिमा भएको मूलय वृद्धि, भुकम्प, कोभिड जस्ताकारणले आयोजना निर्माणमा भएको ढिलाईले लागत बढेको तथा अन्तिम लगानी कति पुग्यो भन्ने हिसाब भइरहेको आयोजनाले बताएको छ । शुरुमा १६ मेवा क्षमता रहेको उक्त आयोजनाको पछि क्षमता वृद्धिगरी २५ मेवा  पुर्याइएको थियो । 

आयोजनाबाट उत्पदीत विद्युत् खेरजाने अवस्था अइसकेको सन्दर्भमा सिंगटी– लामासाँघु प्रसारण लाईन आयोजनाका प्रमुख राजन ढुंगेललाई प्रश्न गर्दा  १२५ ओटा टावर निर्माणगरी ४० किलोमीटर डबल सर्किट तार तान्नु पर्नेमा निर्मित ११७ ओटा टावरहरुमा करीब ३१ किलोमिटर सिंगल सर्किट तार तान्ने काम समाप्त भएको उनले बताए ।

जग्गा विवादको कारण लामो समयसम्म बन्न नसकेका ८ ओटा टावरहरुको जग निर्माण गर्ने काम सम्पन्न भइसकेकोले अव काम द्रुत गतिमा हुने उनको भना छ । 

टावर  निर्माण गर्ने, सिंगल सर्किट तार तान्ने तथा विद्युत् प्रसारण गर्नकालागि सिंगटी तथा लामोसाँघुमा रहेका सबस्टेशनमा उपकरण जडान गर्न प्राविधिक रुपमा अब डेढ महीना जतिको काम बाँकी रहेको आयोजना प्रमुख ढुँगेलको भनाइ छ ।

यो पनि पढ्नुहोस् :

सिंगटी हाइड्रो इनर्जीको आईपीओ चैत ६ गतेदेखि विक्रीमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)