ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिंगटी खोला आयोजनाको उत्पादन परीक्षण सफल

२०७७ फागुन, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन परीक्षण सफल भएको छ । उत्तरी दोलखाको सिंगटी खोलामा निर्मित आयोजनाको केही दिन अघिदेखि गरिएको उत्पादनको परीक्षण सफल भएको हो ।

विद्युत्गृह, हेडवक्र्स, टनेल, पेनस्टक लगायत भौतिक संरचनाको परीक्षणपछि गरिएको विद्युत् उत्पादनको परीक्षण सफल भएको आयोजना प्रमुख मनहरि सापकोटाले बताए । यद्यपि उत्पादन परीक्षण सफल भए तापनि सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माण नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था रहेको गुनासो उनले गरे ।

सिँगटी–लामासाँघु प्रसारण लाइन आयोजना अन्तर्गत १२५ ओटा टावर निर्माण गरी ४० किलोमिटर डबल सर्किट तार तान्नुपर्नेमा निर्मित ११७ ओटा टावरमा ३१ किलोमिटर सिंगल सर्किट तार तान्ने काम समाप्त भएको आयोजना प्रमुख राजन ढुंगेलले बताए । जग्गा विवादका कारण लामो समयसम्म बन्न नसकेका ८ ओटा टावरको जग निर्माण सम्पन्न भइसकेकाले अब कामले गति लिने उनको भनाइ छ । टावर निर्माण, सिंगल सर्किट तार तान्न तथा विद्युत् प्रसारणका लागि सिंगटी तथा लामोसाँघुमा रहेका सबस्टेशनमा उपकरण जडान गर्न करीब डेढ महीना लाग्ने उनले बताए । १२ दशमलव ५ मेवा क्षमताका दुईओटा जेनेरेटरबाट २५ मेवा विद्युत् उत्पादन भएको सिँगटी हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाले बताएको छ । आयोजनाले स्थानीय प्रभावितलाई शेयर वितरण गरिसकेको छ भने सर्वसाधारणका लागि आगामी चैत ६ गतेदेखि आईपीओ विक्री गर्न लागेको आयोजना प्रमुख सापकोटाले जानकारी दिए ।

४ अर्ब ६३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० ओटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा १ अर्ब ४५ करोड रुपैयाँ स्वपूँजी लगानी छ । आयोजना निर्माण अवधिमा भएको मूल्यवृद्धि, भूकम्प, कोभिड जस्ता कारणले आयोजना निर्माणमा भएको ढिलाइले लागत बढेको आयोजनाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)