ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रेसिडेन्सी ग्रुप अफ होटलको १०औं आउटलेट नारायणगढमा 

२०७७ फागुन, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन २४, चितवन । प्रेसिडेन्सी ग्रुप अफ होटलको १०औं आउटलेट प्रेसिडेण्सी तासघर नारायणगढमा सञ्चालनमा आएको छ । सोमवार एक कार्यक्रमकाबीच गामवेशी चेपाङ संरक्षण केन्द्रमा आश्रित विद्यार्थी सिम्रन चेपाङ र हेम कुमार चेपाङले शुभारम्भ गरे । 

शुभारम्भ कार्यक्रममा बोल्दै सिम्रन चेपाङले सिमान्तकृत चेपाङ समुदायको आफू भएपनि होटलको शुभारम्भ गर्न पाएकोमा खुशी व्यक्त गरिन् । पहिलोपटक आफूले यस अवसर पाएको भन्दै उनले यस्ता व्यवसायीहरुले चेपाङहरुलाई शिक्षा, आवास तथा स्वास्थ्य क्षेत्रमा गरेको सहयोग प्रति आफूलाई उर्जा मिलेको बताइन् । सो अवसरमा चेपाङ संरक्षण केन्द्रमा आश्रित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । 

कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले व्यवसायीहरु कोरोनाको मारमा परेपनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पछि नहटेको बताए । 

प्रेसिडेन्सी ग्रुपले देशभर ग्राहक तथा पर्यटकको लागि फरक सेवा सुविधा दिदै आएको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायलाई थप व्यवस्थित बनाउन जोड दिए । अझैपनि सरकारले सीमापारिका पर्यटकलाई नेपाल छिर्न नदिएको कारण नेपालको पर्यटकीय क्षेत्रलाई असर पुगेको बताए ।  होटलका अध्यक्ष शंकर भण्डारीले चेपाङ विद्यार्थीबाट होटल शुभारम्भ गर्न पाउँदा आफूहरु अत्यन्त खुशी भएको बताए । 

विगत १५ बर्षदेखि काठमाडौंबाट शुरु गरिएको होटलको देशभर १० ओटा शाखा विस्तार गर्न सफल भएको बताए । आफूहरुले गुणस्तरीयता र स्वच्छतालाई मध्यनजर गरी तासको मात्रै १५ परिकार पस्कन सफल भएको भण्डारीले बताए । आगामी दिनमा देशका अन्य जिल्लामा आफ्नो शाखा विस्तार गर्ने योजना रहेको र यसबाट राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा टेवा पुग्ने विश्वास लिएको उनको भनाइ थियो  । 

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, चितवनका अध्यक्ष ज्योति कंडेल, होटल व्यवसायी महासंघ उपाध्यक्ष इमान्दु बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)