ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मृतक डाक्टर सिविल सर्जन नियुक्त भएपछि.....

२०७७ फागुन, २५  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
बिहार सरकारका मुख्यमन्त्रि नितिश कुमार

फागुन २५, नयाँदिल्ली(भारत) । कहिले  काहीं सुन्दा पनि आश्चर्य लाग्ने घटनाहरु सुन्न र देख्न पाइन्छ । हो, यस्तै भएको छ यतिखेर भारतको बिहारमा । बिहार यसै त बारम्बार चर्चामा आइरहने भारतको एउटा प्रदेश हो ।

बिहार सरकार एउटा सावधानी नअपनाउँदा यतिखेर सर्वत्र आलोचित मात्र भइरहेको छैन, हाँसोको पात्र जस्तो भएको छ । त्यहाँको स्वास्थ्य विभागले  मृत्यु भइसकेका सर्जन डाक्टरलाई नियुक्त गरेपछि यो  चर्चा सतहमा आएको हो ।

यहि घटनालाई लिएर त्यहाँको विधानसभामा प्रतिपक्षीले मात्र होइन सत्तापक्षका साँसदहरुले पनि मुख्यमन्त्रि नितिश कुमार सरकारको कडा आलोचना गरेका छन् । उनीहरुले भनेका छन कि यस्तो नियुक्ती त लापरवाहीको परकाष्ठा नै हो । 

घटना त्यहाँको शेखपुरा जिल्लाको सिविल सर्जन नियुक्तीको विषयको हो  ।आरजेडीका सांसद ललित यादवले शून्यसमयमा बोल्दै यो घटनाले सरकार कुन गतिमा आगाडि बढिरहेको स्पष्ट हुन्छ भनेका छन् ।

बिहार स्वास्थ्य सेवाले जारी गरेको सूचनामा नौ जना डाक्टरलाई नियुक्त गरिएको उल्लेख थियो । जसमध्ये एक जना डाक्टर रामनारायण रामलाई सिविल सर्जनको रुपमा नियुक्त गरिएको थियो, शेखपुरा जिल्लाका लागि । जसको मृत्यु गत फेब्रुअरीमा भइसकेको छ ।

विधानसभमा विपक्षीले उक्त घटनालाई लिएर यस्तो उट्पट्याङ सूचना जारी गरी नियुक्त गर्ने स्वास्थ्य अधिकारीलाई कडा कार्वाही गर्न माग गरेका छन् । एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)