ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देशको समृद्धिका लागि आन्तरिक र बाह्य लगानी आकर्षण गर्नुपर्छ : उपाध्यक्ष ढकाल

२०७७ फागुन, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन २५, चितवन । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले देशको आर्थिक विकास समृद्धिको लागि आन्तरिक लगानी र बाह्य लगानीलाई आकर्षण गर्नुपर्ने बताएका छन् ।  

सोमवार उद्योग वाणिज्य सघको नारायणगढको ५४औं बार्षिक साधारण सभामा बोल्दै उनले देशको समृद्धिको लागि सरकारले नीजि क्षेत्रको सहकार्य बिना सम्भब नहुने बताए । 

सरकारले पूर्वाधार निर्माण र उद्योगी व्यवसायीमैत्री नीति ल्याएमा देशमा प्रशस्त लगानीको वातावरण सिर्जना हुने उनको भनाइ थियो । ‘हामीलाई पूर्वाधार निर्माणमा सहयोग गर्नुहोस्, उद्योग व्यवसायीमैत्री नीति ल्याउनुहोस् हामी लगानी गर्न तयार छौं ।’ वरिष्ठ उपाध्यक्ष ढकालले भने । विदेशी लगानीलाई आकर्षण गरे देशको कर संकलनमा वृद्धि, रोजगारी सिर्जनाबाट देशको समृद्धिमा टेवा पुग्ने उनको भनाइ थियो । 

सातै प्रदेशमा आइएमई ग्रुपले केवलकार निर्माणको काम अघि बढाएकोले नवलपरासीको मौलाकालिका केवलकार निर्माणमा यहाँका उद्योग व्यवसायीलाई सहकार्य गर्न उनले आग्रह गरे । ‘मौलाकालिका मन्दिरमा केवलकार निर्माणको चरणमा छ । हामी तपाइहरुसँग हातेमालो गर्न तयार छौं ।’ उनले भने । चितवन देशकै केन्द्रविन्दु भएकोले यहाँका उद्योगी व्यवसायीसँग मिलेर आफू लगानी गर्न चाहेको उनले बताए ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले हरेक परिस्थितिमा आफूहरुले व्यवसायिक संस्थासंँग मिलेर काम गर्दै आएको बताइन् । कोरोना कहरको बेला महानगरले उद्योगी व्यवसायीलाई करमा विशेष छूट दिएको भन्दै उनले आफूहरु नीजिक्षेत्रसँग सहकार्य गर्दै भरतपुरलाई नमूना महानगररुपमा विकास गर्न चाहेको बताइन् । 

प्रमुख दाहालले देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले पिपिपी अवधारणा बमोजिम २ अर्ब बढीको लागतमा व्यावसायिक भवन निर्माणको लागि निजी क्षेत्रसंगको सम्झौता अन्तिम चरणमा रहेको जानकारी दिईन् । 

सो अवसरमा बोल्दै विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको समग्र विकासमा भए गरेका कामहरूको चर्चा गर्दै अब सबैको ध्यान विद्युतको अधिक खपत गर्नेगरी सोही बमोजिमका औद्योगिक वातावरण बनाउनु पर्नेमा जोड दिए । घिसिङले विद्युुतीय सवारी साधनको उपयोग बढाउनुपर्ने भन्दै भान्छामा हुने ग्यासको प्रयोगलाई घटाउन इन्डक्सन चुलोको प्रयोगलाई बढाउने अभियान नै चलाउन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाइले देशको बिग्रदो राजनीतिक वातावरणले औद्योगिक वातावरण बिग्रेको बताउँदै असल व्यावसायिक वातावरणका लागि स्थिर सरकार र सरल राजनीतिक वातावरण सृजना हुनुपर्ने बताए । 

कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले देश संघीय संरचना गएसंँगै नीजि क्षेत्रको भूमिका र जिम्मेवारी थपिएको बताए ।

स्थानीय सरकारको सहकार्यमा उवासंघले पर्यटन प्रवर्द्धन गर्न सी मोडल बीचको निर्माण कार्य अघि बढिरहेको उनले बताए । कोरोना कहरका कारण उवासंघका योजना, र परियोजना ढिला भएको भन्दै उनले बाँकी रहेका कामहरु यथाशीघ्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । व्यवसायीका लागि करछूट, व्याजछूट लगायत पुर्नलगानीका विषयमा उवासंघले पहल गर्दै केही मागहरु सम्बोधन गर्न सकिएको उनको भनाइ थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)