ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन उद्योग संघको औद्योगिक राहत कोष

२०७७ फागुन, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवन उद्योग संघले  भविष्यमा आइपर्ने जोखिम र विपद्का लागि औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा आइपर्ने प्राकृतिक विपत्ति तथा अन्य क्षतिलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले राहत कोष स्थापना गरिएको हो ।

हाल राहत कोषमा २० लाख रुपैयाँ जम्मा भइसकेको छ भने अन्य रकम आउने क्रम जारी रहेको संघले बताएको छ । हालै मात्र स्थापना गरी कार्यान्वयन प्रक्रिया अघि बढेको राहत कोषमा संघका अध्यक्षले १ लाख रुपैयाँ निक्षेप गरेर राहत सीड मनी सुरु गरे ।

उनका अनुसार उद्योगीले आफूले जम्मा गरेको रकमको सय गुणा बढी रकम तत्काल राहतका लागि पाउनेछन् । ‘हामीले राहत कोषका लागि उद्योगीलाई रकम जम्मा गरेको आधारमा एक सय  गुणा राहत उपलब्ध गराउनेछौं,’ उनले भने, ‘जुन रकम उद्योगीले बीमा रकम भुक्तानी नभइन्जेल ६ महिनाभित्र बुझाउनुपर्नेछ ।’

राहत कोष स्थापना गर्दा उद्योगको दैनिक काम–कारबाही नरोकिने र बिनाब्याज रकम उपयोग गर्न सकिनेछ ।

भूकम्प, आगलागी, चोरी, बाढीपहिरोजस्ता विपद्ले उद्योग पूर्ण रूपमा क्षति भई पुनः सञ्चालन गर्न सहयोग उपलब्ध गराइनेछ । सहयोग रकम अधिकतम ५० लाखसम्म उपलब्ध हुनेछ ।

संघको चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारीमा रकम जम्मा गर्ने प्रबन्ध मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । उनका  अनुसार हाल सघमा आबद्ध १ हजार २ सय उद्योगमध्ये पहिलो चरणमा २ सय उद्योगले राहत कोषमा रकम जम्मा गर्न लागेका छन् ।

यो अभियानलाई स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन् । कालिका र खैरहनी नगरपालिकासँग ५/५ लाखको सम्झौता भइसकेको छ भने अन्य पालिकामा सम्झौताको चरणमा रहेको कँडेलले बताए  ।

जिल्लामा विपद्का कारण बर्सेनि उद्योगमा क्षति हुने गरेको र कतिपय उद्योग तत्काल पुँजी अभावमा सञ्चालन गर्न नसकेर बन्द भएका कारण राहत कोष स्थापना गरिएको संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)