ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको गहिरो असर चितवनको ईंट्टा उद्योगमा : उद्योग   बन्द, उद्योगी  विस्थापित 

२०७७ फागुन, २७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन २७, चितवन । कोरोनाको असर सबै क्षेत्रमा परिरहेको बेला यसको गहिरो असर चितवनका ईंट्टा उद्योगमा परेको छ । गत वर्षदेखि बन्द भएका ती उद्योग हालसम्म पनि सञ्चालन आउन सकेका छैनन् ।

कोरोनाका कारण भारत लगायत सीमाक्षेत्रका मजदूर, कामदार नआएपछि उद्योगीहरुले ठूलो क्षति बेहोर्नु परेको हो । ठूलो रोजगारी सृजना गर्ने यो क्षेत्र बन्द हुंँदा अधिकांश उद्योगी विस्थापित भएका छन् । संघका अनुसार जिल्लामा सञ्चालित १८ ओटा उद्योग मध्ये दुई ओटा मात्र सञ्चालनमा  छ । 

मजदूर र कामदारमा निर्भर रहने उद्योगमा मजदूरको अभाव हुंँदा सबैजसो उद्योगले गत वर्षदेखि नै उत्पादन बन्द गरेको चितवन ईंट्टा उद्योग संघका अध्यक्ष नारायण सापकोटाले बताए । ‘सबै मजदूर कामदार भारताबाट ल्याउनुपर्ने हुन्छ‘, उनले भने, ‘उनीहरु गत वर्षदेखि नै फर्किन सकेनन् ।’

 कामदार नफर्किदा १६ ओटा उद्योग बन्द भएको र यी मध्ये साता ओटा उद्योगी यस क्षेत्रबाट विस्थापित भइसकेको उनले जानकारी दिए । उनका अनुसार मजदूरको अभाव, बैंकको ऋण, जग्गाको भाडाका कारण अन्य उद्योगीसमेत विस्थापित हुने क्रममा रहेका छन् ।  

स्वदेशकै कच्चापदार्थ प्रयोग हुने र निर्माण सामाग्रीको प्रमुख सामग्रीमध्ये पर्ने ईंट्टा उद्योगमा राज्यको ध्यान नपुग्दा उद्योग बन्द भएको र आफूहरु विस्थापित हुन पुगेको उद्यो्गीहरुको भनाइ छ ।

यस जिल्लामा हाल दुई ओटामात्र उद्योग सञ्चालनमा छन । राप्ती नगरपालिका वडा नम्बर ९ मा सञ्चालित मनकामना ईंट्टा उद्योगका सञ्चालक पुष्प पिया कोरोनका कारण उद्योग निल्नु न ओकेल्नु अवस्थामा रहेको बताउंँछन् । ‘साथीहरुले पोहोरबाटनै बन्द गरिसक्नु भयो मेरो पनि कहिले बन्द हुने ठेगाना छैन’, उनले भने ।

विगतका वर्षहरुमा भन्दा यसवर्ष मजदूर अभावमा न्यून क्षमतामा उद्योग चलाउनु परेको उनको  गुनासो छ । सबै कामदार भारतको भरपर्नु परेकाले उद्योगहरु बन्द गर्नुपरेको उनले बताए । 

प्रशस्त रोजगारी तथा निर्माण सामाग्री उत्पादन गर्ने यो क्षेत्रले  कामदार अभाव मात्रै होइन अन्य प्राकृतिक विपत्तीबाट पनि क्षति बेहोर्दै आएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ स्थित संगम ब्रीक्स प्रालिका सञ्चालक दिपक ढकाल राज्यको ध्यान ईंट्टा उद्योगमा नपुग्दा उद्योगीहरु विस्थापित हुन पुगेको र मुश्किलले चलेका उद्योग पनि सदाको लागि बन्द गर्नुपर्ने अवस्था आएको बताउंँछन् । 
 

असिना पानीका कारण लाखौं ईंट्टामा क्षति 

बुधवार साँझ चितवनमा एक्कासी आएको हावाहुरी,असिना पानीका कारण सुकाउन राखिएका लाखौ ईट्टामा क्षति हुन पुगेको छ । सञ्चालनमा आएका दुई ओटा उद्योगका ईंट्टामा पूर्णरुपमा क्षति भएको छ ।

मनकामना ईंट्टा उद्योगका सञ्चालक पियाले असिना पानीका कारण उनको उद्योगमा  १२ लाख बराबरको कांँचो ईंट्टा नोक्सान भएको बताए । 

असिना पानीका कारण कांँचो ईंट्टा सुरक्षित तरिकाले थन्काउन नसकिने र पोल्न हालिएका ईट्टाहरुमा पानीले गर्दा आगो निभ्नसक्ने जोखिम हुने उनले बताए । ईंट्टा बनाउने उत्तम समयमा आएको असिना पानीका कारण जमीन चिसो हुने भएकोले ईंट्टा निमार्णको कामसमेत ठप्प भएको छ । 
 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)