ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन चेम्बरका व्यवसायी र केन्द्रीय अध्यक्षबीच अन्तरक्रिया 

२०७७ फागुन, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन २९, चितवन । चितवन चेम्बरका व्यवसायीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । शनिवार भरतपुरमा चितवन चेम्बरले एक कार्यक्रमको आयोजना गरी केन्द्रीय अध्यक्ष डाक्टर राजेशकाजी श्रेष्ठसंँग चितवनका चेम्बरका व्यवसायीसंँग अन्र्तक्रिया गरेको हो । 

कार्यक्रममा व्यवसायीले कोरोना कहरको अवधिमा व्यवसायीले घरभाडा, बैंकको व्याज ,कर्मचारी तलब लगायत थुप्रै समस्या भोग्नुपरेको गुनासो गरेका थिए । 
कार्यक्रममा वुमेन चेम्बर चितवनकी सह सचिव ऋतु सेञ्चुरीले अन्य व्यावसायिक संस्था जस्तै चितवन चेम्बरलाई हरेक व्यवसायको पहुंँचमा पुर्याउनु पर्ने बताइन् । व्यवसायीलाई समस्या तथा अप्ठेरो पर्दा आफ्ना मागहरु केन्द्र सरकारसंँग लैजानुपर्ने दायित्व चेम्बर अफ कमर्सका केन्द्रीय पदाधिकारीहरुको रहेको उनको भनाइ थियो ।  चितवनमा चेम्बरको छाता संगठनमा थुप्रै व्यवसायी आउन चाहेको भन्दै उनले समिति तथा सदस्यता विस्तारमा जोड दिनुपर्ने बताइन् ।

चेम्बरकी अर्की सहसचिव मुना पाण्डेले कोरोनाको समयमा घरभाडा छुट नभएको, लगानी जोखिम हुंँदा आफूले व्यवसाय विस्थापित गरी अर्गानिक खेती तर्फ लाग्नुपरेको अनुभव सुनाइन् । राज्यले महिलालाई सहज रुपमा ऋण दिन नसक्दा, विना धितो ऋण नदिंँदा चाहेर पनि व्यवसाय गर्न नपाएको गुनासो उनले गरिन् । चेम्बरले आयकर, घरभाडा, अन्य करहरुमा छुट गर्नुपर्ने भन्दै उनले पुनर्कर्जा दिन चेम्बरले पहल गर्नुपर्ने बताइन् । 

अन्य व्यवसायीले कोरोना कहरको बेला लाखौं रुपैयांँ घाटामा परे पनि कोरोनाको कहर मत्थर हुंँदै जांँदा र भ्याक्सिन आएपछि व्यवसायमा केही सुधार आउन लागेको बताएका थिए । 

सो अवसरमा प्रतिक्रिया दिँदै केन्द्रीय अध्यक्ष श्रेष्ठले कोभिडको कहरपछिको व्यवसायीको मनस्थिति, अवस्था र समस्या बुझ्न जिल्ला जिल्लामा गएर अन्र्तक्रिया गरिरहेको बताए । नेपालमा मात्रै व्यवसाय धरासाय नभएको भन्दै उनले व्यवसायीलाई नआत्तिन आग्रह गरे । आगामी दिनमा व्यवसायलाई अघि बढाउन सहज बनाउन अघि बढ्ने उनले बताए । ग्राहकको क्रयक्षमता बढाउन र प्रतिस्प्रर्धी बजारमा आफूले लैजानुपर्नेमा उनले जोड दिए । चेम्बर अर्फ कमर्स, चितवनका उपाध्यक्ष गोपाल भट्टराईले समस्या परेको बेला व्यवसायीबीच एकताको विकल्प नभएको बताए । 

चितवन चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले लामो समयपछि केन्द्रीय अध्यक्षसँग व्यवसायीको समस्या आफूमार्फत लैजान सकिएको भन्दै आगामी दिनमा व्यवसायीलाई स्थापित र समिति विस्तार र सदस्यता विस्तारमा चितवन चेम्बर लागेको बताए । 

हाल चितवन चेम्बरको छातामुनि चितवन वुमेन चेम्बर, युथ चेम्बर समिति गठन भइसकेको छ । साथै चेम्बरले पालिका तहमै आफ्ना समिति विस्तार गर्दै लगेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)