ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी आयोजना : पाइप जडानको काम १ महीनाभित्र सकिने

२०७७ चैत, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चैत मसान्तसम्ममा पाइप जडानको काम सम्पन्न हुने भएको छ । डिजाइन परिवर्तन भएपछि आवश्यक करीब १० मिटर स्टिल पाइप आयोजनास्थलमा आइपुगेकाले सो अवधिसम्ममा जडान गर्ने काम सम्पन्न हुने भएको हो ।

एक्सपान्सन ज्वाइनको सट्टा प्रयोग गरिने स्टिल पाइप आयोजना निर्माणस्थलमा बुधवार आइपुगेकाले अर्को चैतभित्रै जडानको काम सम्पन्न हुने आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले बताए । पाइप जडान सम्पन्न भएपछि टनेलमा पानी भर्न शुरू गरिने उनको भनाइ छ । टनेलमा पानी भरेर आवश्यक परीक्षणपछि विद्युत् परीक्षण उत्पादनको मिति तय हुने उनले बताए ।

आयोजनाले हेडवक्र्सका अधिकांश संरचना तथा विद्युत्गृहभित्रको एमएसओभी (ठाडो सुरुङबाट पानी ठोक्किने स्थान) र एमआईभी (६ ओटा टर्वाइनमा पानी बाँडिएर जाने स्थान)को प्रेसर परीक्षण सम्पन्न गरिसकेको छ ।

यस्तै प्रसारण लाइनको काम करीब सकिएको आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम सकिएर उपकरण जडानको काम भइरहेको छ । यस्तै दोलखाको शहरेमा मल्टिसर्किट टावरको निर्माण शुरू भएको बताइएको छ । सिँगटी नजिक भाँचिएको प्रसारण लाइनको टावरको जग निर्माणपछि अन्य काम थालिएको आयोजनाले बताएको छ ।

फुलासी सबस्टेशनमा उपकरण जडान सम्पन्न नभए पनि आयोजनाबाट उत्पादित विद्युत् खेर नजाने आयोजनाको दाबी छ । त्यस्तो परिस्थिति आएमा खिम्ती–काठमाडौं अथवा खिम्ती–ढल्केवर प्रसारण लाइनबाट पनि विद्युत् पठाउन सकिने आयोजनाका प्रवक्ता न्यौपानेले बताए ।

आयोजनाका ६ ओटा युनिटमध्ये एक युनिटबाट चैत मसान्तभित्रै ७६ मेगावाट विद्युत् परीक्षणको रूपमा उत्पादन गर्ने आयोजनाको घोषित लक्ष्य भने केही दिन पछि धकेलिने निश्चित भएको छ ।

आयोजनाको लामाबगरस्थित ड्याममा रोल्वालिङ खोलाको पानी मिसाउन आवश्यक संरचना बनाउन टेन्डर प्रक्रिया शुरू भएको आयोजनाको भनाइ छ । आयोजनाका ६ ओटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पाद हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)