ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसीसी बैंक र दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता

२०७७ चैत, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत १, चितवन । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यावसायिक कृषि तथा पशुपन्छी सहुलियत कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच आइतवार सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले जिल्लाभरिका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न सम्झौता गरिएको हो । संघअन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थाहरूसँग आवद्ध दुग्ध उत्पादक व्यक्ति र किसान र संस्थाहरूलाई सहुलितपूर्ण कर्जा प्रदान गर्ने बताइएको छ ।

सम्झौतापत्रमा पशुपालक व्यक्ति र किसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म पाउने उल्लेख छ । यस्तै कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फर्म वा साझेदारी व्यवसायलाई प्रतिफर्म र व्यवसाय अधिकतम १ करोड रुपैयाँसम्म पाउनेछन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रतिकम्पनी अधिकतम ५ करोड रुपैयाँसम्म सहुलियत कर्जा पाउनेछन् । 

यस्तै यो कर्जा प्रवाह गर्दा सेवा शुल्क नलाग्ने यस्तो कर्जाको ब्याजदर कर्जा स्वीकृत हुँदाको बखत बैंकमा कायम आधार ब्याजदरमा २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिने बैंकले जानकारी दिएको छ । सम्झौताअनुसार यस्तो कर्जा कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने र कर्जाका लागि संघले सहजीकरण गरिदिनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)