ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुली लक्ष्यभन्दा बढीे 

२०७७ चैत, २  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत २, चितवन । चालू आर्थिक वर्ष ०७७/०७८ को फागुन महीनाको  आन्तरिक राजस्व लक्ष्यभन्दा बढी संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरलाई विभागले फागुन महीनामा तोकेकोभन्दा बढी  राजस्व संकलन गर्न सफल भएको हो । जस अनुसार फागुन महीनामा १ अर्ब ३९ करोड २६ लाख ५८ हजार लक्ष्य दिएकोमा १ अर्ब ४५ करोड २० लाख ४६ हजार राजस्व संकलन भएको छ । 

कार्यालयले आयकर, व्याजकर, मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ भने अन्य शीर्षकमा लक्ष्य भेट्टाउन सफल भएको छैन । अन्तशुल्क शीर्षकमा लक्ष्य भेट्टाउन नसकेपनि सबैभन्दा बढी रकम राजस्व संकलन यस शीर्षकमा गरेको छ । 

जसअनुसार १ अर्ब १२ करोड ५८ लाख १७ हजार लक्ष्य दिइएकोमा फागुन महीनामा कार्यालयले १ अर्ब ७ करोड ६५ लाख ७ हजार रुपैयाँ संकलन गरेको छ । मूल्य अभिवृद्धि करमा शीर्षकमा लक्ष्यभन्दा झण्डै दोब्बर अनुपातमा राजस्व संकलन भएको छ । 

जसअनुसार ९ करोड ८३ लाख ७ हजार रुपैयाँ लक्ष्य दिइएकोमा १८ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै ब्याजकर शीर्षकमा दोब्बरभन्दा बढी राजस्व संकलन भएको छ जसअनुसार १५ लाख २० हजार लक्ष्य दिइएकोमा ३९ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  

यस्तै, आयकर शीर्षकमा १५ करोड ९८ लाख ३७ हजार लक्ष्य दिईएकोमा १८ करोड ५४ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अन्य शीर्षक शिक्षा सेवा करमा २ लाख ९० हजार रुपैयाँ लक्ष्य दिइएकोमा एक लाख ५ हजार रुपैयाँ, बहालकर शीर्षकमा ५३ लाख ५७ हजार लक्ष्य दिइएकोमा ४६ हजार ६३ हजार रुपेयाँ संकलन भएको छ । स्वास्थ्य सेवा शीर्षकमा भने कार्यालयले कुनैपनि राजस्व संकलन भएको छैन । 

कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले आर्थिक गतिविधि बढ्दै गएकोले उल्लेखित शीर्षकमा राजस्व संकलन बढी हुँदै गएको र बक्यौता रहेका अन्य करहरु फागुनमा तिरेकोले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सकिएको बताए । ‘सबै क्षेत्र चलायमान भएपछि मदिराजन्य उत्पादनको पनि विक्री हुन्छ । उनले भने आयकरको हकमा हामीले बजारमै गएर अग्रीम कर कट्टीको माग गरिएकोले बढी संकलन भएको हुन सक्छ ।’ 

ब्याजकर शीर्षकमा बक्यौता रकमपनि पछिल्ला महीनामा क्रमश संकलन हुँदै गएकोले लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सकिएको उनले बताए । यस आर्थिक वर्षको फागुन महीनासम्ममा ११ अर्ब २० करोड १६ लाख तीन हजार राजस्व असुली लक्ष्य दिइएपनि फागुन मसान्तसम्म १० अर्ब ११ करोड ३७ लाख पाँच हजार राजस्व मात्र असुली भएको छ । 

सूचना अधिकारी नेपालले गत साउन भदौ र असोजमा निषेधाज्ञा र बन्दाबन्दीका कारण राजस्व असुली ठप्प भएकोले कुल राजस्व संकलनमा असर परेको बताए । ‘असोजबाट राजस्व संकलन अनुपात बढेको छ, क्रमशः अब अन्य महीनाहरुमा हाम्रो कुल राजस्व लक्ष्य भेट्टाउन सकिन्छ ।’ उनले भने । यस आर्थिक वर्षमा विभागले कार्यालयलाई १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)