ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर संकलन प्रभावकारी बनाउन भरतपुर महानगरपालिकामा कर अभियानको शुभारम्भ 

२०७७ चैत, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत्र ५, चितवन । भरतपुर महानगरपालिकाले कर अभियानलाई प्रभावकारी बनाउन कर अभियाननको शुभारम्भ गरेको छ । अभियानको शुभारम्भ भरतपुर महानगरपालिका वडा नम्बर १० बाट शुरु गरिएको थियो । अझैपनि सम्पत्ति कर लगायतका करहरु उठ्न नसकेको र महानगरले लक्ष्य अनुसारको आन्तरिक राजस्व संकलन गर्न कर संकलन अभियान शुरु गरिएको हो । 

बिहीवार महानगरपालिकामा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ अघि ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन ः विकास समृद्धि र सुशासन’ भन्ने उद्देश्यका साथ महानगरपालिकामा कर अभियानको घोषणा गरिएको थियो । कर अभियान घोषणाका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध भरतपुर महानगरपालिका निर्माणका लागि कर अभियान घोषणा गरिएको बताइन् । 

गतवर्षको यो अवधिमा ९२ करोड आन्तरिक राजस्व संकलन गरे तापनि चालु आर्थिक वर्षमा ९० करोडको हाराहारीमा मात्र कर संकलन भएको उनले जानकारी दिइन् । ‘यस वर्ष हामीले १ अर्बको कर संकलन लक्ष्य लिएका थियौं,’ उनले भनिन्, ‘यसलाई प्रभावकारी बनाउन र लक्ष्यमा पुग्न घोषणा र शुभारम्भ गरिएको हो ।’ यस वर्ष कोभिडका कारण लक्ष्य अनुसार कर संकलन नभएको बताउंँदै करको दायरा बढाएर लक्ष्यमा पुग्ने उनले बताइन् । 

सो अवसरमा महानगरका २९ वटै वडाका अध्यक्ष, आन्तरिक राजस्व कार्यालयका प्रमुख घनश्याम पन्थी, उवासंघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, चेम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल भट्टराई लगायत सरोकारवालासँग सुझाव सल्लाह लिईएको थियो ।

स्थानीय सरकार आएको पहिलो पाँच वर्षमा महानगरपालिकाले आन्तरिक आम्दानी बढाएर वार्षिक एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने लक्ष्य रहेको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख एवं राजस्व परामर्श समिति संयोजक पार्वती शाह ठकुरीले महानगरपालिकाले करमैत्री नीति तथा कार्यक्रम ल्याएको बताइन् । पछिल्लो समय महानगरपालिकाले करको दर र दायरा सबैको सहमतिअनुसार नै बढाएको भन्दै निजीक्षेत्र तथा नगरवासीको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् । स्थानीय सरकार आउनु अगाडि भरतपुरमा सीमित मात्रामा कर उठिरहेको भए पनि महानगर भएपछि करको दर तथा दायरा बढाइएको उनले बताइन् । 

सो अवसरमा बोल्दै चितवन उद्योग संघका अध्यक्ष पौडेलले योजना अनुसार करनीति ल्याउनुपर्ने, पेश गरिएका योजन तथा प्रस्ताव कार्यान्वयन गर्नुपर्ने र उद्योगीहरुले कर तिरेबापतको सुशासन, करमैत्री प्रणालीमा जोड दिनुपर्ने बताए । कर सचेतनामा वृद्धि गर्नुपर्ने भन्दै पौडेलले जबरजस्ती कर तिर्न नभई दायित्वको रुपमा तिनुपर्ने वातावरण तय गरिनुपर्नेमा जोड दिए । 

राजस्व कार्यालयका प्रमुख पन्थीले प्रदेश सरकार र स्थानीय सरकारका ऐन अझै बाझिएको, कतिपय ऐन संशोधन गर्नुपर्ने भन्दै घरबहाल कर मा अझै पनि झन्झट यथावत् रहेको बताए । कतिपय सञ्चालकको नाममा एउटा भन्दा बढी फर्म दर्ता हुने र फर्म सञ्चालन निरन्तरता नदिइकन पछि सम्पर्कमा नआउने भएका कारण स्थानीय सरकारले बुझेर मात्र फर्म दर्ताको सिफारिश दिन आग्रह गरे । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले राजस्वको दायरा फराकिलो बनाउने, राजस्वको क्षेत्र पहिचान गर्दै प्रत्येक वडामा तीनजना थप कर्मचारी राखेर राजस्व संकलन गर्न कर अभियान घोषणालाई सार्थकता दिने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)