ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भट्मासे–जिलु सडक कालोपत्र गरिँदै

२०७७ चैत, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

चैत ७, दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर ४ कोे भट्मासे–जिलु सडक कालोपत्र गर्न शुरु गरिएको छ । भट्मासे जिलु सडकको सार्कीस्वाँरा–भट्मासे गोलाई सडकखण्ड वाग्मती प्रदेशको समपुरक अुनदान तथा भीमेश्वर नगरपालिकाको सझेदारीमा कालोपत्र गर्न शुरु गरिएको हो । 

सो सडकखण्ड १ करोड ८९ लाख (भ्याट सहित) को लागतमा १ किलोमिटर सडक कालोपत्र गर्न शुरु गरिएको भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले बताए । कृषि उपजकालागि अब्बल जिलु वस्तीमा उत्पादिन कृषि उपज विक्रीका लागि किसानलाई सहज होस् भन्ने उद्देश्यले यो सडक कालोपत्र गर्न शुरु गरिएको उनको भनाइ छ ।

भट्मासेदेखि जफती गोलाईसम्म ११ दशमलव पाँच किलोमिटर कुल लम्बाई रहेको भट्मासे–जिलु सडकको निर्माणका लागि २०७२ सालमा नै डीपीआर तयार भइसकेको र सोही डीपीआर अनुसार सडक पक्कि बनाउने काम क्रमशः हुने भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर चारका वडाध्यक्ष हरिवंश चौँलागाईंले बताए ।

पाँच मिटर चौडा सो सडकमा २५० मिटर ढालान तथा ७५० मिटर कालोपत्र गरिने छ । ढलानको चौँडाइ ५ मिटर तथा पिच ३ दशमलव ५ मिटर चौँडाईको रहेको भीमेश्वर नगरपालिकाका इञ्जिनीयर सुरेस राउतले बताए । सडक निर्माणको गुणस्तर कायम गर्नका लागि नगरपालिकाले सडक निर्माणको निरन्तर अनुगमन गरिरहेकोे उनको भनाइ छ । 

पहाडी भुभाग भएकोले अन्य प्रविधिमा आधारित कालोपत्रका तुलनामा बढी टिकाउ हुने देखिएकोले प्रिमिक्स प्रविधिबाट कालो पत्रे भइरहेको उनले बताए । 

अमुल एन्ड स्नेह निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणको काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार कटिङ, फिलिङ, ग्याविङ, मेस्नरी, पक्कि नाला, कल्वर्ट, ढलान लगायतका काम सम्पन्न गरी कालोपत्र गर्न शुरु गरिएको अमुल एन्ड स्नेह निर्माण सेवाका प्रोप्राइटर प्रविन श्रेष्ठले अभियान दैनिकलाई बताए । असार मसान्तसम्म ठेक्काको म्याद भएपनि चैतभित्रै सबै काम सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ । 

यसैगरी सोही सडकको भट्मासे–नागथान खण्डको थप ५०० मिटर कालोपत्र गर्नका लागि ९० लाख (भ्याससहित) को लागतमा टेन्डर आह्वान गरिएकोमा टेन्डर प्रकृया सम्पन्न भइ ठेक्का सम्झौताको चरणमा रहेको भीमेश्वर नगरपालिकाले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)