ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भटमासे–जिलु सडक कालोपत्र गरिँदै

२०७७ चैत, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिका–४ कोे भटमासे–जिलु सडक कालोपत्र गर्न शुरू गरिएको छ । उक्त सडकको सार्कीस्वाँरा–भटमासे गोलाई खण्ड बागमती प्रदेशको समपूरक अनुदान तथा भीमेश्वर नगरपालिकाको लगानी साझेदारीमा कालोपत्र गर्न लागिएको हो ।

१ करोड ८९ लाख (भ्याटसहित) लागतमा १ किलोमिटर सडकको कालोपत्र शुरू गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले बताए । सडक स्तरोन्नतिपछि  जिलुमा उत्पादिन कृषिउपजको बजारीकरण र किसानलाई  आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

११ दशमलव ५ किलोमिटर भटमासे–जिलु सडक निर्माणका लागि २०७२ सालमै तयार भएको डीपीआर अनुसार कालोपत्रको काम थालिएको भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष हरिवंश चौंलागाईंले बताए ।

पाँच मिटर चौडा सो सडकमा २५० मिटर ढलान तथा ७५० मिटर कालोपत्र गरिनेछ । सडक निर्माणको गुणस्तर कायम गर्न नगरपालिकाले निरन्तर अनुगमन गरिरहेकोे प्रवक्ता चौलागाईंको भनाइ छ । पहाडी भूभाग भएकोले प्रिमिक्स प्रविधिबाट कालोपत्र भइरहेको उनले बताए ।

अमुल एन्ड स्नेह निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माण गरिरहेको छ । ठेक्का सम्झौता अनुसार कटिङ, फिलिङ, ग्याबिन, मेशिनरी वाल, पक्की नाला, कल्भर्ट, ढलान लगायत काम सम्पन्न गरी कालोपत्र गर्न शुरू गरिएको कम्पनीका सञ्चालक प्रवीन श्रेष्ठले बताए । असार मसान्तसम्ममा ठेक्काको म्याद भए पनि चैतभित्रै सबै काम सम्पन्न गर्नेगरी अघि बढाइएको उनको भनाइ छ ।

सोही सडकको भटमासे–नागथान खण्डको थप ५०० मिटर कालोपत्र गर्न ९० लाख (भ्याससहित)मा टेन्डर आह्वान गरिएकोमा प्रक्रिया सम्पन्न सम्झौताको चरणमा रहेको भीमेश्वर नगरपालिकाले बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)