ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तत्काल भुक्तानी गर्न दुग्ध किसानको माग

२०७७ चैत, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका दुग्ध उत्पादक किसानले लामो समयसम्म भुक्तानी नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ३ महीना अघिदेखिको भुक्तानी बाँकी रहेको र बैंकको ब्याज, पशुचौपायालाई दाना, पराल, औषधि नियमित गर्न नसकिएको भन्दै तत्काल दूधको भुक्तानी दिन उनीहरूले माग गरेका छन् ।

डेरी उद्योगहरूले विभिन्न बहानामा रकम भुक्तानी गर्न आलटाल गरेको गुनासो किसानहरूको छ । चितवनमा व्यावसायिक रूपमा गाईपालन गर्दै आएका किसान डिलाराम कँडेलले दूधको भुक्तानी रोकिँदा आफूहरू मारमा परेको बताए । ‘दूध नियमित लैजान्छन्, तर भुक्तानी दिएका छैनन्,’ उनले भने ।

३० वर्षदेखि गाईपालन गर्दै आएका उनले दैनिक ३०० लिटर  दूध डेरी तथा दुग्ध उद्योगलाई विक्री गर्दै आएका छन् । भुक्तानी बक्यौता भने तीन महिनाभन्दा बढीको रहेको उनले बताए ।

 अर्का गाईपालक किसान गोपी ढकालले पनि तत्काल भुक्तानी नपाउंँदा आफूहरू व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन लागेको बताए । ‘दिनदिनै दूध विक्री गरेका छौं, पैसा भने आएको छैन,’ उनले भने । भुक्तानी नपाउँदा दैनिक खर्च चलाउन र गाईलाई आहारा जुटाउन कठिन भएको उनको भनाइ छ ।

१५÷१५ दिनमा किसानलाई दूधको भुक्तानी दिने सम्झौता भए पनि सोको कार्यान्वयन नभएकाले किसानले तत्काल भुक्तानी दिलाउन माग गरेका हुन् । दुग्ध किसान राज्यबाट उपेक्षित हुँदा यो अवस्था आएको व्यावसायिक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले बताए । ‘न उत्पादन बढी हुँदा विक्री गर्न सकिन्छ, न त विक्री भएको दूधको भुक्तानी पाइन्छ,’ उनले भने, ‘हामी चेपुवामा परेका छौं ।’ आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको गुनासो उनले गरे । दुग्ध उद्योगीहरूले भने कोरोना महामारीले बजारमा दुग्ध पदार्थको विक्री घटेकाले समयमै भुक्तानी गर्न नसकेको बताउँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)