ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सेवा शुरू

२०७७ चैत, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवन मेडिकल कलेज (सीएमसी)मा कलेजो प्रत्यारोपण सेवा शुरू भएको छ । कलेजले २०७६ सालमा कलेजो प्रत्यारोपणका लागि लाइसेन्स प्राप्त गरे पनि आइतवारदेखि सेवा शुरू गरेको हो ।

बिहीवार पत्रकार सम्मेलन गरी कलेजले यसबारे जानकारी दिएको छ । चैत ८ गते भरतपुर महानगरपालिका–१० की ५४ वर्षीया धनकुमारी लामाको सफल रूपमा कलेजो प्रत्यारोपण गरिएको जानकारी उनले दिए । लामालाई उनकी छोरी ३४ वर्षीया उषा तामाङले कलेजो दान दिएकी थिइन् । शरीरमा कुनै असर नपर्ने  आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको उनले बताए । १२ घण्टा लगाएर कलेजका विशेषज्ञ डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. प्रवीण जोशी, डा. जयन्तकुमार साह र डा. अभिषेक भट्टराईसहितको टोलीले शल्यक्रिया गरेको थियो ।

‘भारतका अस्पतालमा कलेजो प्रत्योरोपणका लागि ५० लाख भारूभन्दा बढी पर्छ,’ अस्पतालका निर्देशक डा. हरिश न्यौपानेले भने, ‘हामी २५ लाख रुपैयाँमा सेवा दिनेछौं ।’

चितवन देशकै केन्द्र भएको र कलेजो प्रत्यारोपणका लागि लाखौं रकम बाहिरिएको भन्दै उनले सेवाग्राहीलाई सस्तो र सहज सेवा दिने उद्देश्यले कलेजले सो सेवा शुरू गरेको बताए ।

‘पछिल्लो समय कलेजोका बिरामी बढ्दै गएको र केही बिरामीको प्रत्यारोपणको विकल्प नरहेकाले पनि उक्त सेवा शुरू गरिएको हो,’ डा. न्यौपानेले भने । कलेजमा  गरिएको कलेजो प्रत्यारोपण नेपालमै गरिएको आठौं सफल प्रत्यारोपण हो । यसअघि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा दुई र काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पाँचजनामा सफल प्रत्यारोपण भएको थियो ।

कलेजलाई  नेपालकै कलेजो प्रत्यारोपण केन्द्रको रूपमा स्थापित गर्ने योजना रहेको डा. न्यौपानेले बताए । शुरुवाती केही प्रत्यारोपण नेपाल बाहिरका चिकित्सकको सहयोगमा र त्यसपछि कलेजकै चिकित्सकबाट सेवा दिइने उनको भनाइ छ । अस्पतालले यसका लागि अलग्गै दुईओटा अपरेशन थिएटर र आईसीयूको व्यवस्था गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)