ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ वर्षमा पनि पर्यटक नआउँदा चितवनका व्यवसायी निराश 

२०७७ बैशाख, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख १, चितवन । गत साल कोरोनाका कारण सम्पूर्ण क्षेत्र बन्द भएपनि अघिल्ला वर्षहरुमा भरीभराउ हुने चितवनको पर्यटन व्यावसायमा यो नयाँ नेपाली वर्षमा पनि ठूलो धक्का लागेको छ । 

केही समय अघिमात्र सम्म गतिलिन लिन लागेको पर्यटन व्यवसायमा नयाँ कोरोना भाइरस संक्रमणका कारण पुन: समस्या परेको देखिएको हो  । जसका कारण  बुकिङ भएका होटलका रुमहरु पनि क्यान्सिल भएका छन् । भने पर्यटकको आगमन पनि पातलिदै गएको छ । अंग्रेजी नयाँ वर्षमा उत्साहका साथ भरिने सौराहा, पटिहानी र मेघौली लगायतका प्रमुख पर्यटकीय क्षेत्रमा समेत पर्यटक नआउँदा उनीहरु निराश भएका हुन् । 

भरतपुर महानगरपालिका वडा नम्बर २२ को कसरा रिर्साटका जनसम्पर्क अधिकृत सागर पौडेल यस नयाँ वर्षमा पर्यटकको संख्या शून्य जस्तो भएको बताउँछन् । ‘अघिल्ला वर्षहरुमा एकहप्ता अघिेखिनै सबै रुम प्याक हुन्थ्यो, भ्याई नभ्याई हुन्थ्यो । उनले भने, अहिलेको नेपाली नयाँ वर्षमा त बुकिङ भएका रुमहरु पनि क्यान्सिल भए । भएका पनि गए ।’ यस नयाँ वर्षमा बाह्य पर्यटक नगन्य मात्रमा भएपनि आन्तरिक पर्यटकको बाक्लो आगमन हुने अपेक्षा गरेको उनले बताए ।

केही दिन अघिसम्म राम्रै चहलपहल देखिन थालेको पर्यटन व्यवसाय कोराना संक्रमितको संख्या र मृत्युदर बढ्दै जाँदा यसको असर पर्यटन व्यवसायमा परेको हो । नारायणगढ र रत्ननगरमा होटल सञ्चालन गर्दै आएका नेपाल पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके पछिल्लो हप्ता पुन पर्यटकको चहलपहल घट्न थालेको बताउँछन् । 

‘एक त सरकारले कोरोना सचेतना जगाउन आदेश र अनुरोध गरेको छ । उनले भने, अर्कोतिर यही त्रासका कारण मानिसहरु बाहिर निस्कन कम गर्न थाले ।’ अघिल्ला वर्षहरुमा चितवनमा काठमाडौं, पोखरालगायत अन्य जिल्लाबाट आन्तरिक पर्यटक आएपनि यस नयाँ वर्षमा ती जिल्लाबाट पर्यटक नआएको उनले बताए । 

उनका अनुसार सरकारले राती ९ बजे होटल, रेष्टुरेण्ट बन्द गर्नुपर्ने भनेको कारण पर्यटकहरु आवासीयका साथै रेष्टुरेण्टहरुमा समेत आउन निकै कम भएको हो  ।यतिबेला चितवनका प्रमुख पर्यटकीय स्थल सौराहा पनि सुनसान जस्तै देखिएको छ । नयाँ वर्षको अघिल्लो दिन रातको समयमा केही रेष्टुरेण्ट र पवहरुमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लै देखिएपनि होटलहरुमा भने पर्यटकको न्यून उपस्थिति थियो । जंगल सफारी लज सौराहाका निर्देशक सुमन घिमिरे नयाँ वर्षको अघिल्लो दिनबाट पर्यटकहरु आएपनि अधिकांश पर्यटहकरु स्थानीय भएका कारण पर्यटन व्यवसायमा खासै उल्लेखनीय प्रभाव नपार्ने बताउँछन् । 

‘यो नयाँ वर्षमा न अन्य जिल्लाका पर्यटक आउन सके । बाह्य पर्यटक पनि शून्य दशमलव ५ प्रतिशत पनि छैन । रुम अकुपाई नभई व्यवसायले गति पनि लिदैन ।’ घिमिरेले भने । खर्च गर्ने पर्यटक नहुँदा आगमन बाक्लो भएपनि यसले व्यवसायीक प्रगति नहुने उनले  बताए । कोरोनाको त्रासकै कारण अंग्रेजी नयाँ वर्षजस्तै नेपाली नयाँ वर्षमा पनि उत्साह र आशा गरेका व्यवसायी कोरोनाकै कारण पर्यटक आउन नसकेको र पुनः के हुने हो भन्ने विषयमा चिन्तित भएका छन् । 

‘अघिल्ला वर्षहरुमा नयाँ वर्ष आउने महीना दिनदेखिनै रुमहरु प्याक हुन्थ्यो, हात्ती सफारी, जीप सफारीका लागि पनि भरीभराउ हुन्थे, अहिले एकदुई दिन भीडमात्र भएर के हुन्छ र? क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले भने । 

६ महीना अघिदेखि नै पर्यटन व्यवसाय पूर्णरुपमा खुलेर सेवा दिदैं आएपनि व्यवसायले हालसम्म नोक्सान बेहार्नुपरेको भन्दै भट्टराईले बाह्य पर्यटकको आगमन नभएसम्म पर्यटन व्यवसाय नउकासिने उनले बताए । यस्तै अवस्था रहे पर्यटन व्यवसाय पुनः बन्द गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीको अनुमान छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)