ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात व्यवस्था कार्यालय भरतपुरको ९ महीनाको आम्दानी ५० करोड ६० लाख 

२०७८ बैशाख, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख ७, चितवन । चालू आर्थिक वर्ष ०७७/७८ को ९ महीनामा यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले ५० करोड ६० लाखभन्दा बढी आम्दानी गरेको छ । 

कार्यालयका अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा  कार्यालयले कुल ५० करोड ६० लाख ६६ हजार १०२ रुपैयाँ आम्दानी गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारीसाधन कर, सवारी दस्तुर शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ । 

जसअनुसार चालू आवको चैत्र महीनामा सबैभन्दा बढी ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ राजस्व संकलन गरेको छ भने भदौ महीनामा सबैभन्दा कम २ करोड २४ लाख ४ हजार राजस्व संकलन गरेको थियो ।

कार्यालयका प्रमुख सुवास उप्रेतीले कोरोनाको प्रभाव कम हुँदै जादा र यातायात पूर्णरुपमा सुचारु भएसँगै हालसम्म राजस्व संकलन अनुपात सन्तोषजनक रहेको बताए । ‘भदौ महीनामा तीन हप्ता पूर्ण लकडाउन भएर राजस्व संकलन कम देखिएको हो, उनले भने, चैत्र महीनामा सवारीसाधन कर तिर्ने अन्तिम म्याद भएकोले अन्य महीनाको भन्दा बढी राजस्व उठ्ने गर्छ ।’  

यस्तै कार्यालयले साउन महीनामा ६ करोड १७ लाख २४ हजार ७१६ रुपैयाँ, असोज महीनामा ७ करोड १३ लाख ३९ हजार ४९२ रुपैयाँ, कात्तिक महीनामा ५ करोड ९८ लाख ३३ हजार ५९३ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ । 

यस्तै मंसीर महीनामा ६ करोड ३१ लाख २० हजार ८९० रुपैयाँ, पुस महीनामा ६ करोड २२ लाख ४ हजार ६६८ रुपैयाँ, माघ महीनामा ४ करोड ८५ लाख ५१ हजार १७२ रुपैयाँ, फागुन महीनामा ४ करोड १८ लाख ७२ हजार ८६३ र चैत्र महीनामा ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ संकलन गरेको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालय, वाग्मती प्रदेशले कार्यालयलाई चालू आवका लागि ५० करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले आर्थिक वर्ष सकिनु तीन महीना अघि नै लक्ष्य पूरा गरिसकेको छ । 

उप्रेतीका अनुसार सवारीको संख्या बढ्दै जाँदा करप्रति सवारीधनीको सचेतना र करको दरमा केही वृद्धि भएका कारण विगतका वर्षहरुमा भन्दा बढी कर संकलन गर्न सकिएको हो । 

तर, दोस्रो लहरको कोरोना संक्रमणको कारण वैशाखबाट तुलानात्मक रुपमा कम उठ्ने गरेको उप्रेतीले जानकारी दिए । ‘चैत्रसम्म हेर्दा लक्ष्य पनि पार गरिसकेका छौं ।, उनले भने, ‘यो आर्थिक वर्षको अन्तसम्म ६० करोड संकलन हुने अनुमान छ । तर कारोनाको कारण आगामी महीनामा के कस्तो असर पर्छ भन्न सकिदैन ।’

हाल यस कार्यालयमा वाग्मती प्रदेशमा दर्ता भएका सबै सवारीसाधन र अन्य प्रदेशमा सवारीसाधन दर्ता भएपनि चितवनमा स्थायी बसोबास गरेका सवारी धनीले कर संकलन गर्न पाउनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)