ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याममा आजबाट पानी भर्न शुरु

२०७८ बैशाख, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

वैशाख ११, दोलखा । बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लामावगरस्थित ड्याममा पानी भर्न शुरु गरिएको छ ।

आयोजनाले वैशाख ८ गतेबाट ड्याममा पानी भर्ने भनी सार्वजनिक सूचना जारी गरेतापनि शनिवार दिउँसो पौने एक बजेबाट ड्याममा पानी भर्न शुरु गरिएको हो ।ड्याम तथा डिस्यान्डर(बालुवा थिग्रयाउने पोखरी) मा पानी भरिएपछि मुख्य सुरुङमा पानी पठाई सुरुङको परीक्षण शुरु गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले अभियान दैनिकसँगको कुराकानीको क्रममा बताए ।

सुरुङको परीक्षण सम्पन्न गर्न करीब १० दिन जति लाग्ने आयोजनाको भनाइ छ । सुरुङको परीक्षण सफल भएपछि अन्य परीक्षणहरु सम्पन्न गरिए पश्चात आयोजना विद्युत् उत्पादनको अवस्थामा पुग्ने प्रबक्ता न्यौपानेले बताए ।  

सबै परीक्षणहरु सफल भए पश्चात मात्र विद्युतको परीक्षण उत्पादनको मिति तोक्न सकिने उनको भनाइ छ । वैशाख अन्तिमसम्ममा छ ओटामध्ये एक युनिटबाट परीक्षणको रुपमा ७६ मेघावाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । 

यसैबीच कोभिड माहामारी पूनः बढेपछि आयोजनाले आयोजना निर्माण स्थल भ्रमणमा सर्वसाधारणलाई रोक लगाएको छ । सुरक्षात्मक उपाय स्वरुप आयोजनाले सो निर्णय गरेको हो । आयोजना स्थलमा नै रहेर काम गरिरहेका मजदुर तथा कर्मचारी बाहेक विदामा रहेकाहरुले पीसीआर परीक्षण गरेर नेगटिभ रिपोर्ट आएकालाई मात्रै काममा लगाईने अयोजनाले बताएको छ ।

आयोजनाको प्रसारण लाईनको काम करीब सकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम समाप्त भइ उपकरण जडानको काम भइरहेको छ । 

यस्तै दोलखाको शहरेमा रहेको मल्टिसर्किट टावरको निर्माण शुरु भएको बताइएको छ । सिँगटी निकट भाँचिएको प्रसारण लाईनको टावरको जग निर्माणको काम सम्पन्न भई टावर  निर्माणको काम भइरहेको आयोजनाले बताएको छ ।

फुलासी सबस्टेशनमा उपकरण जडान कार्य कारणबस सम्पन्न नभए पनि आयोजनाबाट उत्पादीत विद्युत् खेर नजाने आयोजनाको दावी छ । यदि यस्तो परिस्थितिआएमा खिम्ती–काठमाडौं अथवा खिम्ती–ढल्केवार प्रसारण लाईनबाट पनि विद्युत् पठाउन सकिने  आयोजनाका प्रबक्ता न्यौपानेले बताए ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामावगरस्थित ड्याममा रोलवालिङ खोलाको पानी मिसाउनको लागि आवश्यक संरचना बनाउन टेन्डर प्रक्रिया शुरु भएको आयोजनाको भनाइ छ । आयोजनाका छ ओटै युनिट पूर्ण क्षमतामा संचालनमा आउँदा ४५६ मेगावाट विद्युत उत्पाद हुने छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Ramram

[Apr 25, 2021 03:40pm]

Upper t le varatiya bistarbadi dalal tyas ka nepali vatuwa agent nepal ka vrasta ra deshdrohi sarkar ra beaurocrates ko samana gardaixa.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)