ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुर : २३ प्रतिशतले बढ्यो राजस्व असुली

२०७८ बैशाख, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोरोनाका कारण सबैजसो क्षेत्र प्रभावित भए पनि आन्तरिक राजस्व कार्यालय, भरतपुको राजस्व असुलीमा भने असर परेको छैन । आर्थिक गतिविधिले गति लिएसँगै कार्यालयको राजस्व असुली पनि बढ्दै गएको छ ।

फागुनमा कार्यालयको राजस्व असुली ४ दशमलव २६ प्रतिशतले बढेकोमा चैतमा २३ दशमलव ४९ प्रतिशत बढीले वृद्धि भएको छ ।

फागुनमा कार्यालयलाई आन्तरिक राजस्व विभागले सबै शीर्षकमा गरी १ अर्ब ३९ करोड २६ लाख ५८ हजार लक्ष्य दिएकोमा १ अर्ब ४५ करोड २० लाख ४६ हजार हजार संकलन भएको थियो  । चैतमा भने १ अर्ब ६३ करोड ६६ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा २ अर्ब २ करोड १० लाख ८ हजार उठेको हो ।

कार्यालयले अन्तःशुल्कबाट सबैभन्दा धेरै राजस्व असुली गरेको छ । यस कार्यालयको कर संकलन क्षेत्रभित्र मदिरा उद्योग र यसको कारोबार बढी भएकाले सो शीर्षकबाट बढी राजस्व संकलन भएको हो । सो शीर्षकमा मात्रै १ अर्ब ४२ करोड ३५ लाख ६८ हजार राजस्व असुली भएको छ । अन्तःशुल्कतर्फ विभागले कार्यालयलाई १ अर्ब २१ करोड १३ लाख राजस्व असुलीको लक्ष्य दिएको थियो ।

यस्तै आयकर शीर्षकमा २७ करोड ६२ लाख ४ हजार संकलनको लक्ष्य रहेकोमा ३३ करोड ३४ लाख १० हजार रुपैयांँ असुली भएको छ । मूल्य अभिवृद्धि करतर्फ १४ करोड २७ लाख ५० हजार रुपैयाँको लक्ष्य दिइएकोमा २५ करोड ६९ लाख १७ हजार र ब्याजकर शीर्षकमा १४ लाख ४६ हजारको लक्ष्य तोकिएकोमा २६ लाख ८ हजार राजस्व उठेको छ ।

अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य अनुसार राजस्व असुली गर्न सकेको छैन, जसअनुसार बहालकर शीर्षकमा ४७ लाख १६ हजार उठाउने लक्ष्य दिइएकोमा ४५ लाख ९२ हजार र शिक्षा सेवा शुल्क शीर्षकमा २ लाख ३२ हजारको लक्ष्य रहेकोमा ३ हजार राजस्व संकलन भएको छ । स्वास्थ्य सेवा करतर्फ कुनै लक्ष्य दिइएको थिएन । सो शीर्षकमा राजस्व असुली पनि शून्य छ ।

चैतमा अधिकांश करदाताले दोस्रो चौमासिक कर तिनुपर्ने  भएकोले अन्य महीनाको तुलनामा चैतमा बढी राजस्व संकलन हुने गरेको कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले बताए । ‘आर्थिक गतिविधि र व्यापार व्यवसाय पनि बढेको  छ, ।  करदाताको अग्रिम आयकर र बक्यौता संकलनमा पनि वृद्धि हुँदै गएको छ,’ नेपालले भने । उनका अनुसार कार्यालयलाई चालू आर्थिक वर्षमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार राजस्व असुलीको लक्ष्य दिइएकोमा ९ महीनामा १२ अर्ब १४ करोड ६० लाख ९० हजार रुपैयाँ संकलन भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)