ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिंगटी–लामोसाँघु प्रसारण लाईन एक महीना भित्र चार्ज हुने

२०७८ बैशाख, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar नवराज शिवाकोटी

वैशाख १४, दोलखा । सिंगटी–लामोसाँघु प्रसारण लाईन एक महिनाभित्र चार्ज हुने अवस्थामा पुगेको छ । एक दशकभन्दा बढी समयदेखि निर्माणाधीन १३२ केभी प्रसारण लाईनको कामले गति लिएपछि एक महीनाको अवधिमा चार्ज हुने अवस्थामा पुगेको हो ।

प्रसारण लाईन चार्ज हुने अवसथामा पुग्न प्राविधिक रुपमा एक महीनाको काम बाँकी रहेको सिंगटी–लामोसाँघु प्रसारण लाईन आयोजनाका प्रमुख राजन ढुंगेलले बताए । अब सिन्धुपाल्चोकमा एउटा टावरमात्र निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । ४० किलोमिटर लामो प्रसारण लाइनको २० किलोमिटर जति डबल सर्किट लाइनसमेत तानिसकेको उनले बताए ।

केही ठाउँमा अधिग्रहणमा जग्गा मूल्यांकनको विवाद भए तापनि पछिल्लो समय तारमुनि पर्ने जग्गा मूल्यांकनमा परेको छ । मन्त्रिपरिषद्बाट सम्पर्क अधिकारी तोक्न ढिलाइ हुँदा जग्गाको मूल्यांकनमा ढिलाइ भएको उनले बताए । अब सम्पर्क अधिकारीसमेत तोकेकाले काममा ढिलाइ नहुने उनको अनुमान छ ।

४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावर छन् । एक महीना भित्रमा सिंगल सर्किट तानी सकिने तथा उत्पादित विद्युत् सो तारबाट  प्रसारण गर्न सकिने आयोजना प्रमुखको भनाइ छ । लामोसाँघु तथा सिंगटीमा रहेको सबस्टेशनको निर्माण कार्य अन्तर्गत उपकरण जडाको चरणमा रहेको छ ।

विद्युत् परीक्षण उत्पादन सकेको २५ मेगावाटको सिंगटीखोला तथा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजनाको विद्युत् अहिले खेर गइरहेको छ ।

दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न हुने चरणमा रहेको आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरु यही प्रसारण लाईन कुरेर बसेका छन् ।

विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वर्षभित्र प्रसारणलाइन र सिंगटीको सवस्टेसनसमेत निर्माण गर्ने रहेको थियो । तर १० वर्ष वितिसक्दा समेत प्रसारण लाइन निर्माण सम्पन्न हुन सकेको छैन ।

सम्झौताअनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करीब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको हो । ठेकेदार कम्पनी पहिलो पटक म्याद थप भएपछि सम्पर्कविहीन भयो । अहिले ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)