ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टासिनाम–च्छोरोल्पा पदमार्ग निर्माण सम्पन्न

२०७८ बैशाख, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय स्थल च्छोरोल्पा हिमताल जाने टासिनाम–च्छोरोल्पा पदयात्रा मार्ग निर्माण सम्पन्न भएको छ । १६ लाख ५५ हजार २५० रुपैयाँ लागतमा पदमार्ग निर्माण सम्पन्न भएको हो ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा निर्माण भएको सो पदमार्गका लागि डिभिजन वन कार्यालाय दोलखाले १५ लाख रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख शिव सापकोटाले अभियान दैनिकलाई बताए । उपभोक्ता समितिद्वारा निर्माण गरिएको सो काममा उपभोक्ताले १ लाख ५५ हजार २५० रुपैयाँ बराबरको श्रमदान गरेको प्रमुख सापकोटाको भनाइ छ ।

बागमती प्रदेश सरकारबाट डिभिजन वन कार्यालय दोलखामार्फत आएको गौरीशंकर पर्यटन प्रवद्र्धन शीर्षकको रकमबाट गौरीशंकर गाउँपालिकाको छनोटमा सो पदमार्गमा सिँढी निर्माण गरिएको हो । गौरीशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्र पर्ने भएकाले पदयात्रा मार्गमा सिँढी निर्माण गर्न गौरीशंकर संरक्षण क्षेत्र आयोजनाबाट पनि सहमति लिई उपभोक्ता समितिमार्फत निर्माण गरिएको डिभिजन वन कार्यालय, दोलखाले जानकारी दिएको छ ।

टासिनाम–च्छोरोल्पा पदयात्रा मार्गको काम सम्पन्न भई भुक्तानीको चरणमा रहेको डिभिजन प्रमुख सापकोटाको भनाइ छ । सिँढी निर्माण गरिएको पदयात्रा मार्गको लम्बाइ करीब ५ किलोमिटर छ । पदयात्रा मार्गमा सिँढी  निर्माणले च्छोरोल्पा हिमताल हेर्न जाने पर्यटक तथा स्थानीयलाई सहज हुने  उपभोक्ता समितिका अध्यक्ष सांगे शेर्पाको विश्वास छ ।

यसैगरी डिभिजन वन कार्यालय दोलखामार्फत नै उपभोक्ता समितिबाट बैतेश्वर तथा जिरी नगरपालिकाको संगममा रहेको हनुमन्ते डाँडामा हनुमानको मूर्ति राख्ने, सिँढी तथा रेलिङ  निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालयको भनाइ छ । सो कार्यका लागि पनि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, दोलखामार्फत १५ लाख उपलब्ध गराई उपभोक्ता सामितिमार्फत काम भइरहेको कार्यालय प्रमुख सापकोटाले बताए । हनुमन्ते डाँडामा हनुमानको मूर्ति राख्ने काम सम्पन्न भइसकेको, १०० मिटर सिँढी निर्माण गर्ने तथा ५० मिटर रेलिङ हाल्ने काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष केशबहादुर तामाङले बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)