ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाका कारण चितवनमा आधा मूल्यमा पनि दूध विक्री भएन 

२०७८ बैशाख, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख २५, चितवन । दोस्रो लहरको कोरोना महामारीका कारण जारी निषेधाज्ञाको प्रत्यक्ष असर दुग्ध किसानमा परेको छ ।

निषेधाज्ञा शुरु भएदेखिनै दूधको विक्रीसँगै  मूल्य पनि आधा घटाउनु परेको किसानले गुनासो गरेका छन् । निषेधाज्ञा अघिपनि उधारोमा दूध विक्री गर्दै आएका

किसान निषेधाज्ञा लागू भएपछि दूध विक्री नहुँदा चिन्तामा परेका हुन् । हाल कतिपय दुग्ध सहकारी तथा किसानहरुलाई झण्डै आधा मूल्यमा लगेर घर - घरमा दूध बेच्नु पर्ने बाध्यता आइलागेको छ । 

भरतपुरमा १६० ओटा गाईपालन गर्दै आएका किसान गोपी ढकाल निषेधाज्ञा भएका कारण दूध नै विक्री हुन नसकेको बताउँछन् । ‘मेरोमा दैनिक १ हजार १५० लिटर दूध उत्पादन हुन्छ’, उनले भने, ‘अहिले घर- घरमा गाडीमा राखेर डुलाउँदा पनि आधा फिर्ता हुन्छ ।’

खुद्रा मूल्यमा दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँसम्म भएपनि हाल घरघरमा दूध पुर्‍याउँदा ५० रुपैयाँमा विक्री गर्नुपरेको उनको भनाइ छ । औषत प्रतिलिटर किसानको लागत मूल्यनै ६० रुपैयाँ पर्दछ ।

जिल्लामा रहेका अधिकांश दूध डेरी,पसल  पूर्णरुपमा नखुलेका र होटल, रेष्टुरेण्ट पनि बन्द नभएका कारण दूधको खपत आधाभन्दा कम भएको हो । दूधको खपत नबढ्दा र उत्पादन भने उही अनुपातमा भएपछि किसानले नजिकका दुग्ध सहकारीमा लैजाने गरेपनि सहकारीले पनि दूध बिक्री गर्न सकेको छैनन् ।

जिल्लामा उत्पादन हुने दूध देशका मुख्य शहर काठमाडौं, पोखरा जाने गरेपनि हाल ती खरीदकर्ताले दूध लिन मानेका छैनन् । भरतपुर महानगरपालिका - १६ वरमपुर दुग्ध प्रशोधन केन्द्रका सञ्चालक डिलाराम कंडेल दूधको माग र  खपत नहुंँदा किसानको दूध बिक्री हुन नसकेको बताउँछन् । ‘पहिले दैनिक १ हजार ६०० लिटरसम्म दुध खरीदविक्री हुन्थ्यो अहिले आधा घटाउनु परेको छ’, उनले भने । 

जिल्लाको  दुग्ध विकास संस्थानको  दूध प्रशोधन केन्द्र तथा अन्य निजी डेरी फर्महरुले पनि निशेधाज्ञापछि दूध लिने छाडेका छन् । जसका कारण किसानले दूध उत्पादन भएपनि विक्री गर्न नसक्नुका साथै घरमै पनिर र घ्यू बनाउन प्रयोग गर्नु पर्ने बाध्यता छ । ती उत्पादनसमेत विक्री हुन्छ कि हुँदैन निश्चित छैन । 

स्थानीय अधिकारी कृषि फर्मका किसान कुलानन्द अधिकारी उनको फर्ममाा दैनिक २०० लिटर दूध उत्पादन भएपनि दुग्ध विकास संस्थान र नीजि डेरी फर्मले दुध नलिँदा खेर जाने गरेको बताउँछन् ।

‘हामीले चार महीनादेखिको भुक्तानी पनि पाएको छैन’, उनले भने, ‘अहिले उधारोमा लैजानुस भन्दा पनि लाँदैनन, आफ्नो फर्ममा उत्पादित दूध नजिकका पसलहरुमा विक्री गरेपनि बाँकी दूधको पनीर र घिउ बनाएको छु ।’

दूध विक्री नहुनु, बक्यौता नपाउनु र दानाको मूल्य अस्वभाविक रुपमा बढ्दा किसानहरु थप चिन्तामा समस्यामा परेका छन् । दूधको उत्पादन र विक्री एवं लामो समयसम्म भण्डारण गर्न नसक्दा किसानहरु थप मर्कामा परेका हुन् ।

किसानका समस्याका विषयमा राज्यनै उदासिन हुँदा किसानले यस्तो समस्या भोग्नु परेको बताउँछन् चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले । ‘निशेधाज्ञामा एकत दूध विक्री भएको छैन, दानाको मूल्य एकसातामै बोरामा ३०० रुपैयाँ बढेको छ ’, उनले भने, ‘दूध उधारोमा पनि बिक्दैन, दाना उधारोमा पाईदैंन ।’ 

देशको संक्रमणकालीन अवस्थामा राज्यले सहकार्य र समन्वय गरे आफूहरुले फाइदा विनानै उपभोक्ताको घरघरमा दूध पुर्‍याउन सक्ने उनले बताए । ‘राज्यले ५ रुर्पैयाँ प्रतिलिटर अनुदान देवस हामी प्रतिलिटर ४० रुपैयाँमै उपभोक्ताको घरमै पुरयाउँछौं’, वगालेले भने । 

एकातिर दूध विक्री भएको छैन भने अर्कातिर दानाको मूल्य भने बढ्दा लाखौं रुपैयाँ ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा किसान पुगेका छन् । गतवर्ष देखिनै घाटा व्यहोर्दै आएका किसानहरु बैंकको ब्याज नियमित गर्न नसक्दा दोस्रो लहरको निषेधाज्ञापछि झन थला परेका छन् । 

व्यवसायिक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले भने ,‘दूध विक्री नहुँदा र दानाको मूल्य बढ्दा किसान बाँच्ने कि चौपाया बचाउने, हामी निकै चिन्तित र निराश छौं ।’ राज्यले किसानसँग समन्वय र सहकार्य गर्न नसक्दा हजारौं किसान विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ । 

जिल्लामा हाल दैनिक ३ लाख लिटर दूध उत्पादन हुँदै आइरहेको छ ।यसको ४० प्रतिशत हाराहारीमै जिल्लामा खपत हुन्छ भने बाँकी जिल्ला बाहिर जाने गरेको छ ।  यहाँ ११० ओटा दुग्ध सहकारी रहेका छन भने औषत ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)