ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चरिकोटका पाँच स्थानमा फायर हाइड्रेन्ट निर्माण गरिँदै

२०७८ बैशाख, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको सदरमुकाम चरिकोटका मुख्य शहरी क्षेत्र सुरक्षाका लागि पाँच स्थानमा फायर हाइड्रेन्ट स्टेशन बनाउन थालिएको छ । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानवअधिकार सचेतना तथा विकास केन्द्र (हुराडेक) नेपालले शहरी विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रममार्फत फायर हाइड्रेन्टको निर्माण शुरू गरेकोे हो ।

भीमेश्वर नगरपालिका–३ र ६ क्षेत्रमा पर्ने चरिकोट बजारको सातदोबाटो चोकदेखि बीचबजारसम्मका पाँच स्थानमा फायर हाइड्रेन्ट स्टेशन निर्माण गर्न लागिएको हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव पोखरेलले बताए । यूएनडीपीको २० लाख ३६ हजार ९३५ र भीमेश्वर नगरपालिकाको १ लाख ८६ हजार ४८८ रुपैयाँ लागतमा यसको निर्माण शुरू गरिएको जानकारी उनले दिए । अव्यवस्थित शहरीकरण भएको चरिकोट बजारको मुख्य घना बस्ती भएको स्थानमा सम्भाव्य आगलागी नियन्त्रणका लागि फायर हाइड्रेन्टले सघाउन पुग्ने उनको भनाइ छ ।

फायर हाइड्रेन्ट स्टेशन बनेपछि समुदायका स्वयम्सेवकले नै आगलागी नियन्त्रण गर्न सक्ने तथा आपत्कालीन अवस्थामा दमकलमा पानी भर्न पनि सहज हुने अध्यक्ष पोखरेलले बताए । उच्च गतिमा पानी फाल्न सक्ने क्षमताको मोटर जडित फायर हाइड्रेन्टमा आवश्यक पानीको व्यवस्था गर्न भूमिगत ट्याङ्की सातदोबाटोमा निर्माण गरिनेछ ।

३० वर्षयता नगरको वडा नं ३ मा २५ र वडा नं ६ मा १३ गरी आगलागीका ३८ ओटा घटना हुँदा एकको मृत्यु र चार घाइते भएको तथ्यांक पाइएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका नगर प्राविधिक प्रमुख भेष पराजुलीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)