ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राइम बैंकको भतरपुर शाखामा आगलागी हुँदा ४० लाख बराबरको क्षति

२०७८ बैशाख, २७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


वैशाख २७, चितवन । भरतपुरको चौबीसकोठीमा रहेको प्राइम कमर्शियल बैंकको शाखामा सोमवार साँझ विद्युत् शर्ट भई आगलागी हुंँदा ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आगलागीले बैंकका कम्प्युटर १० थान, विभिन्न किसिमका प्रिन्टर थान १० थान,  फोटोकपी मेशिन,  २ थान,  टेलिफोन सेट, पैसा गन्ती गर्ने मेशिन, एसी दुईथान, स्टेटमेन्ट प्रिन्टर मेशिन, टोकन मेशिन, स्क्यानर मेशिन, पंखा, हाजिर गर्ने मेशिन, फेक नोट डिटेक्टर मेशिन, सीसी क्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटरका साथै विभिन्न फर्निचर जलेर नष्ट भएको छ ।

आगलागीबाट ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयका प्रवक्ता सरोज गिरीले जानकारी दिए । प्रहरी तथा सेनाको टोलीले सांँझ सवा ६ बजे आगो नियन्त्रणमा लिएको थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)