ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन उद्योग संघको ग्यास सिलिन्डर सहयोग

२०७८ बैशाख, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवन उद्योग संघले अक्सिजन ग्यास सिलिण्डर हस्तान्तरण गरेको छ । संघले भरतपुर महानगरपालिका–१ स्थित अक्सिजन ग्यास उत्पादक कम्पनी ॐ सञ्जीवनी इन्टरप्राइजेजलाई ५१ वटा अक्सिजन ग्यास सिलिन्डर हस्तान्तरण गरेको हो ।

जिल्लाका विभिन्न उद्योगमा मौज्दातमा रहेका सिलिन्डर जम्मा गर्न आग्रह गरेसँगै संघका अध्यक्ष राजु पौडेल र इन्टरप्राइजेजका सञ्चालक निरञ्जन न्यौपानेलाई सम्झौता गरी सिलिन्डर हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा मागबमोजिम चितवनका स्थानीय पालिका र स्वास्थ्य संस्थाहरूलाई सिलिन्डर उपलब्ध गराइनेछ ।

सहज परिस्थितिमा सम्बन्धित ग्यासधनीलाई फिर्ता गर्ने गरी जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुखको रोहबरमा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष राजु पौडेलले संघले सिलिन्डर जम्मा गर्ने अभियानअन्तर्गत उद्योगीका  १६ वटा सिलिन्डर यसअघि नै जिल्लाका अन्य ग्यास कम्पनीलाई उपलब्ध गराइएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटीले जटिल र जोखिम परिस्थितिमा जनप्रतिनिधि पनि चिन्तित रहेकाले निजी क्षेत्रले गरेको सामाजिक कार्यप्रति धन्यवाद दिए ।

बोटलर्स नेपाल तराई लिमिटेडबाट ४० वटा, स्यान्डवीच होम सोलुसनबाट २ वटा, हाइटेक डेभलपर्सबाट ५ वटा, होमटेक प्रालिबाट ३ वटा र त्रिदेव इन्जिनियरिङबाट १ वटा गरी कुल ५१ वटा ग्यास सिलिन्डर संकलन गरिएको हो । १६ वटा ग्यास सिलिन्डर उद्योगहरूले सम्बन्धित ग्यास उद्योगलाई फिर्ता गरिसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)