ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग वाणिज्य संघ चितवनद्वारा ईच्छा गाउँपालिकालाई सिलिण्डर सहयोग 

२०७८ बैशाख, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख २९, चितवन । उद्योग वाणिज्य संघ, चितवनद्वारा चितवनद्वारा ईच्छा गाउँपालिकाकालाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

बुधवार उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासु सापकोटालाई पाँच ओटा सिलिण्डर हस्तारण गरेका हुन् । चितवनको एकमात्र गाउँपालिकालाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन सिलिण्डर सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

‘चितवनको अधिकांश ठाउँमा स्वास्थ्य सेवाको पहुँच छ, सुविधा सम्पन्न अस्पतालको पहुँच पनि छ, उनले भने, कोभिडका बिरामीले पहाडी जिल्लामा अक्सिजनको अभाव खेप्न नपरोस् भन्ने हाम्रो अपेक्षा हो ।’

हालको लागि एकलाख बराबरको सिलिण्डर सहयोग गरेपनि आवश्यक परे पुनः सहयोग गरिने श्रेष्ठले बताए । गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकाको नागरिकको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको दायित्व र कर्तव्य भएकोले कोरोना अस्पताल निर्माण गरी तयारी अवस्थामा रहन अक्सिजन सिलिण्डर आवश्यक परेको बताइन् । 

‘हामीसँग ७ ओटा सिलिण्डर थियो, अटो मेकानिकल संघ, चितवनले १० सहयोग गर्नुभयो । आज उवासंघ चितवनले सहयोग गयो ।’ उनले भनिन्, ‘हामी निजी क्षेत्र र दातृनिकायसँग सहकार्य गरेर कोरोना नियन्त्रणमा अघि बढ्न चाहन्छौं । यस्ता निकायहरुको  सहयोगको सधै स्वागत गर्छौ ।’

इच्छाकामना गाउँपालिकाका बिरामीहरुको लागि भरतपुर, मलेखु तथा काठमाडौं लैजान ढिला हुने भन्दै गुरुङले अक्सिजन अभावमा नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सिलिण्डर संकलन गरिएको बताइन् । 

गाउँपालिकाले हाल कार्यालय परिसरमै १९ शय्याको अस्पताल निर्माण गरेको छ र आवश्यकता अनुसार सो अस्पतालमा ६० शय्यासम्म पुर्‍याउने क्षमता रहेको उनले जानकारी दिइन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)