ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा क्यान्सर अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

२०७८ जेठ, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजनसहितको सिलिन्डर सहयोग गरेको छ । अस्पतालका बिरामीलाई अक्सिजन अभाव कम गर्न फाउन्डेसनले सिलिन्डर सहयोग गरेको हो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमलाई सिलिन्डर स्तान्तरण गरे ।

अहिलेको महामारीमा मात्र नभई दीर्घकालिन रूपमा अस्पताललाई सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजनसहितको सिलिन्डर सहयोग गरिएको कट्टेलले बताए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले क्यान्सरका बिरामीको बेड कटौती गरेर अस्पतालले कोभिडको उपचार सुरु गरेको जानकारी दिए । कोरोना महामारीको बेला जोकोहीसँग भएको अक्सिजन सिलिन्डर अस्पताललाई सहयोग गरेर संक्रमित बिरामीको उपचारमा सहयोग गर्न उनले आग्रह गरे ।

अस्पतालले सघन उपचार कक्षसहित हाल १४० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । ४५० बेडको क्यान्सर अस्पतालमा हाल १७० जना क्यान्सरका बिरामी उपचाररत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)