ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्राफिक कार्यालय भरतपुरको राजस्व संकलन घट्यो

२०७८ जेठ, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा वैशाख दोस्रो सातापछि लागू गरिएको निषेधाज्ञाका कारण ट्राफिक राजस्व संकलनमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७/७८ को चैतमा ३८ लाख १५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुरले वैशाखमा २२ लाख २५ हजार रुपैयाँ मात्रै असुली गर्न सकेको छ ।

कार्यालयले सवारीसाधनको प्रकृति र ट्राफिक उल्लंघन गरेको आधारमा कारबाही गरी राजस्व संकलन गर्दै आएको छ, जसअनुसार वैशाख महीनामा ट्रक÷टिपरबाट ४ लाख १ हजार ५०० रुपैयाँ संकलन भएको छ । चैतमा यस्ता सवारीसाधनबाट ६ लाख ८ हजार ५०० रुपैयाँ संकलन भएको थियो ।

यस्तै बस, माइक्रोबाट चैतमा ६ लाख २० हजार ५०० रुपैयाँ राजस्व उठेकोमा वैशाखमा ३ लाख ३३ हजार, जीप, कारबाट चैतमा ९ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएकोमा वैशाखमा ५ लाख ३४ हजार, ट्र्याक्टरबाट चैतमा १ लाख ८९ हजार रुपैयाँ उठेकोमा वैशाखमा १ लाख १४ हजार, मोटरसाइकल कारबाहीबाट चैतमा ११ लाख ६१ हजार रुपैयाँ असुली भएकोमा वैशाखमा ६ लाख ७७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै टेम्पो र अन्य सवारीसाधनको कारबाहीबाट चैतमा २ लाख ९९ हजार ५०० रुपैयाँ संकलन गरेको कार्यालयले वैशाखमा १ लाख ६५ हजार रुपैयाँ मात्र असुली गर्न सकेको छ ।

कार्यालयका प्रमुख भगवानराज थापाले निषेधाज्ञाका कारण अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारीसाधन नचलेकाले राजस्व संकलनमा कमी आएको बताए । ‘अहिले सवारीसाधनको आवागमन न्यून पनि छ,’ थापाले भने, ‘कारबाही गरिएका सवारीका धनीले पनि जरीवाना रकम बैंकमा जम्मा गर्न पाएका छैनन् ।’ निषेधाज्ञा उल्लंघन र होल्डिङमा गरी कारबाही गरिएका सवारीसाधनको जरीवाना रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा हुने भएकोले पनि राजस्व संकलनमा असर परेको उनको भनाइ छ ।

जिल्लामा वैशाख महीना अवधिभर सबै सवारीसाधन गरी २ हजार ३९९ कारबाहीमा परेका छन् । चैतमा ४ हजार ७७ ओटा सवारीसाधन कारबाहीमा परेका थिए ।  वैशाख १६ देखि नै अत्यावश्यक बाहेकका सवारीसाधन बन्द रहेकाले कारबाही संख्यामा कमी आएको ट्राफिक प्रहरी प्रमुख थापाले बताए । ‘सरकारी सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधन मात्र चलेका छन्,’ उनले भने, ‘हामी अहिले सवारीसाधनको कारबाही भन्दा पनि कोभिड न्यूनीकरणमा केन्द्रित छौं ।’ ट्राफिक प्रहरी अन्य सुरक्षा संयन्त्रसँग कोभिड न्यूनीकरण र सचेतनामा खटिएकाले ट्राफिक नियम उल्लंघनको निगरानी ता जरीवाना संकलनको काम समेत प्रभावित भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)