ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खोप आयातमा निजी क्षेत्रलाई अनुमति दिन माग

२०७८ जेठ, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका १९ वटा निजी संघ–संस्थाहरूले खोप आयातमा निजी क्षेत्रलाई प्रोत्साहन सहित अनुमति प्रदान गर्नुपर्ने माग गरेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइएको संयुक्त ज्ञापनपत्रमा खोप आयातका लागि अनुमतिप्राप्त संस्थाहरूलाई यथाशीघ्र आयात गर्न सक्ने गरी सहजीकरण तथा समन्वय गरिदिन माग गरिएको हो । ज्ञापनपत्रमा  सामाजिक सुरक्षा कोषमा आबद्ध औद्योगिक प्रतिष्ठानलाई प्रोत्साहनस्वरूप सरकारका कर्मचारीसरह प्राथमिकता दिई निःशुल्क खोप लगाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

यसैगरी अतिविपन्न र गरिबीको रेखामुनि रहेका जनतालाई तत्काल निःशुल्क खोपको व्यवस्था गर्न उनीहरूले माग गरेका छन् । महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि गरिएको बन्दाबन्दी र निषेधाज्ञाको समय  जोखिमका बीच पनि  औद्योगिक उत्पादनको कमी नहोस्, उत्पादनलाई समेत निरन्तरता दिइएको ज्ञापनपत्रमार्फत जानकारी गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निजी क्षेत्रबाट हस्ताक्षर भएर आएको ज्ञापनपत्रलाई सम्बन्धित निकायसमक्ष छिट्टै पुर्‍याइने बताए ।

ज्ञापनपत्रमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, निजी अस्पताल समन्वय समितिका अध्यक्ष डा. नारायणसिंह कुँवर, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाईं, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष राजेन्द्र लामिछाने, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई, नेपाल क्रेट उत्पादक संघका अध्यक्ष दण्डपाणि भट्टको हस्ताक्षर छ ।

यस्तै, चितवन उद्योग संघका वस्तुगत सदस्य चितवन मेटल इन्जिनियरिङ एन्ड फेब्रिकेसन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्की, नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदी, जिल्ला बिउबिजन समन्वय समितिका अध्यक्ष उमानाथ पौडेल, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यसैगरी चितवन मसला उत्पादक संघका अध्यक्ष विक्रम सापकोटा, पश्चिम चितवन मिल व्यवसायी मञ्चका अध्यक्ष छविलाल ढकाल, चितवन नवलपुर सिमेन्ट सामग्री उद्योग समितिका अध्यक्ष बद्रीप्रसाद चापागाईं, औद्योगिक फिडर आन्तरिक व्यवस्थापन उद्योग समितिका अध्यक्ष अरुणकुमार पिया, चितवन लोकल तेल उत्पादक संघका अध्यक्ष सुदर्शन पौडेल, गार्मेन्ट उद्योग संघका अध्यक्ष सन्तोषकुमार पाण्डे, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष ज्योति कँडेलको हस्ताक्षर रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)