ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यवसायिक घरानासहितको पहलमा नेपालमा १० ओटा अक्सिजन प्लान्ट स्थापना गरिने

२०७८ जेठ, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक चित्र
author avatar सूर्यप्रसाद अधिकारी

जेठ १७, चितवन । नेपालका व्यवसायिक उच्च घरानाको पहल र  सामाजिक संस्थाको समन्वय र सहकार्यमा नेपालमा १० ओटा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । 

कोभिड भाइरसको रोकथाम र जोखिम कम गर्ने उद्धेश्यले निजी क्षेत्र र सामाजिक संस्थाको पहलमा अक्सिजन प्लान्ट गर्ने घोषणा गरिएको हो । सोमवार क्रियसन नामको गैरसरकारी संस्थाले आयोजना गरेको भर्चुअल जुममार्फत गरिएको कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।

 १२ करोड रुपैयाँ खर्च गरेर उनीहरुले अक्सिजन प्लान्ट स्थापनाको अभियान अगाडि बढाएका हुन् । स्वास्थ्य मन्त्रालय तथा सीसीएमसीसँग सहकार्य गरी प्लान्ट आयात गरी स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

सो अवसरमा बोल्दै सीसीएमसीका प्रमुख कार्यकारी निर्देशक बालानन्द शर्माले निजी तथा सामाजिक संस्थाको अगुवाइमा प्लान्ट स्थापना गर्न लागिएको कार्यको प्रशंसा गरे । आगामी दिनमा यस अभियानमार्फत कोभिड विरुद्धको खोपका लागि पहल गर्न आग्रह गरे । खोप आयातका लागि सरकारका स्वास्थ्य सम्बन्धी निकायहरुको पूर्ण सहयोग रहने शर्माको भनाइ थियो । 

अमेरिका नेपाल मेडिकल फाउण्डेसन, बतास अर्गनाइजेशन, ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी, शंकर इन्फिनिटी, हुमानिटी फाउण्डेसन, मिसन रिव्युल्ड नेपाल, क्रियसन रिभिजनिङ द चेन्ज र कोकाकोला फाउण्डेसनको संयुक्त प्रयासमा अक्सिन प्लान्ट स्थापना हुन लागेको हो । 

स्याकार ट्रेड कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले अक्सिजन फोर नेपालका साथै अरु गैरसरकारी संस्था  र निजी कम्पनीसँग संलग्न भएर महामारीको बेलामा नेपाली जनतालाई राहत दिन १० ओटा अक्सिजन प्लान्ट दिन लागिएको बताए । 

 उक्त अभियानमाथि प्रकाश पार्दै क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सानो हातेमालोबाट शुरु भएको यो अभियानले आँटेजत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको बताए । सरकारी निकायको मुख ताकेर मात्र समस्या समाधा नहुने भन्दै उनले निजी साझेदारीमा ठोस परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताए । 

एसएनएस ग्रुपका अध्यक्ष  सन्जय कुमार चौधरीले यी अक्सिजन जेनेरेटरहरु पेरिसबाट काठमाडौं विशेष फ्रेटर एयरक्राफ्टले एयर–लिफ्ट गर्ने र काठमाडौं ल्याएको ४८ घण्टामा सबै स्थानमा जोड्न सकिने बताए ।

चौधरीका अनुसार सबै प्रदेशमा अपनत्व हुनेगरी १०  ओटा मध्ये दुई ओटा युनिट नेपालको सुदूरपश्चिममा पुर्‍याउने योजना छ, एक युनिट सेती अस्पताल धनगढी र अर्को युनिट गोकुले, दार्चुलामा स्थापना गरिनेछ । यी ठूला प्रयासहरु सुदूरपश्चिममा अन्य साझेदार संस्थाहरूसँग मिलेर हुमानिटी फाउण्डेशन नेपालको नेतृत्वमा गरिएको हो ।  

फ्रान्सबाट १० ओटा अक्सिजन जेनेरेटर खरीद प्रक्रिया अगाडि बढिसकेको छ । एउटा अक्सिजन जेनेरेटरले २४ घन्टामा ५० बेड र १५ सिलिण्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ ।नेपालीले नेपालीका लागि अक्सिजन फर नेपाल नाराका साथ अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)