ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौराहाका हात्तीका लागि खाद्यान्न सहयोग

२०७८ जेठ, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

जेठ २२, चितवन । कोरोना महामारीका कारण पर्यटन व्यावसाय ठप्प भएपछि अफ्ठ्यारो अवस्थामा रहेका हात्तीलाई खाद्यान्न सहयोग वितरण गरिएको छ ।

नेपाल एलिफेन्ट वाक सेन्चुरी र जेन्टल जायन्ट्स स्टे होम विदेशी संस्थाको   संयुक्त प्रयासमा शुक्रवार सौराहाका ४१ ओटा निजी हात्तीहरुलाई १ हजार ०२५ केजी चना र ८२० केजी सख्खर सहयोग गरिएको हो ।  

नेपाल एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष ढकालले युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीलाई उक्त खाद्यान्न हस्तान्तरण गरेकी हुन् । 

हस्तान्तरणपछि प्रतिक्रिया दिदैं ढकालले कोरोना महामारीको स्थिति सामान्य नहुन्जेलसम्म हात्तीहरुलाई निरन्तर खाद्यान्न सहयोग वितरण गर्ने बताइन् । 

पर्यटन व्यवसाय नै धराशायी भएको अवस्थामा हात्तीलाई समेत आहाराको समस्या भएको देखिएकोले खाद्यान्न सहयोगको लागि पहल गरेको उनले बताइन् । 

अध्यक्ष ढकालले सदर चिडियाखाना जावलाखेलमा रहेको पवनकली हात्तीलाई पनि खाद्यान्न सहयोग वितरण गरिने बताइन् । खाद्यान्न वितरणको लागि जेन्टल जायन्ट्स स्टे होमका डिंना मुनोज र कोल्बी स्टेनरले आर्थिक सहयोग प्रदान गरेका हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)