ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लामोसाँघु–सिंगटी प्रसारण लाईनमा सिंगल सर्किट तार तान्ने काम सकियो

२०७८ असार, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar नवराज शिवाकोटी

असार १, दोलखा । लामोसाँघु–सिंगटी १३२ केभी प्रसारण लाईन आयोजनाको सिंगल सर्किट तान्ने काम सकिएको छ ।

 जग्गा विवाद तथा भारतीय ठेकेदार सम्पर्क विहिन भएका कारण लामो समयसम्म बन्न नसकेको आयोजनाको सिगल सर्किट तार तान्ने काम  निर्माण शुरु  भएको  १० वर्षपछि सकिएको हो ।

डबलसर्किट तार तान्नु पर्नेमा सिंगल सर्किट तारतान्ने काम सकिएको लामोसाँघु—सिंगटी प्रसारण लाईन आयोजनाका आयोजना प्रमुख राजन ढुंगेलले आर्थिक अभियानलाई जानकारी दिए । 

सिंगल सर्किट तार तान्ने काम सकिई अहिले ओपीडीडब्लू ( सबस्टेशन बीच डाटा पठाउने तार) तान्ने काम भइरहेको उनको भनाइ छ । ओपीडीडब्लू तान्ने काम पनि दोलखा जिल्लाभित्र सकिएको तथा सिन्धुपाल्चोक जिल्लामा करीब ९ किलोमीटर जति मात्र तान्न बाँकी रहेको आयोजनाले बताएको छ । कतिपय टावरहरुमा प्रोटेक्सनको काम गर्न बाँकी रहेको छ भने इन्सुलेशन टेष्टिङको काम भइरहेको आयोजनाको भनाइ छ ।

लामोसाँघुको सवस्टेशनमा सिंगल सर्किट प्रसारणका लागि उपकरण जडान कार्य समाप्त भई परीक्षणको क्रममा छ । तर सिँगटी सव स्टेशनमा भने अहिले १३२ केभीमा जलविद्युत् केन्द्रबाट आएको विद्युत् पठाउन सक्ने संरचना तयार भए पनि ३३ केभीको लाईनबाट आउने विद्युत् भने प्रसारण गर्ने संरचना तयार भइनसकेको आयोजना प्रमुख ढुंगेलले बताए ।

कुनै समस्या नआई काम अगाडि बढेमामा  प्राविधिक रुपमा अब सिंगल सर्किटबाट विद्युत् प्रसारण गर्न प्राविधिक रुपमा अब करीब एक महीना जतिको काम मात्र बाँकी रहेको उनले बताए ।

४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ ओटा टावर छन् । विद्युत् परीक्षण उत्पादन सकेको २५ मेगावाटको सिंगटीखोला तथा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजनाको विद्युत् अहिले खेर गइरहेको छ । दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न हुने चरणमा रहेको आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरु यही प्रसारणलाईन कुरेर बसेका छन् ।

विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र प्रसारणलाइन र लामोसाँघु तथा सिंगटीको सबस्टेसनसमेत निर्माण गर्ने रहेको थियो ।

सम्झौताअनुसार सबस्टेसनका लागि साढे १७ करोड रुपैयाँ र प्रसारण लाइनका लागि करीब ४२ करोड रुपैयाँमा उक्त कम्पनीले ठेक्का लिएको हो । 
ठेकेदार कम्पनी पहिलो पटक म्याद थप भएपछि सम्पर्क विहीन भयो ।

अहिले ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरिरहेको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)