ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा २२ करोड लगानीमा खुल्यो खाद्य उद्योग

२०७८ असार, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


चितवन । चितवनको भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना भएको छ । मनकामना ग्रुपद्वारा सञ्चालनमा आएको दरबार फुड इन्डस्ट्रिजबाट हाल ‘मेहक’ ब्रान्डका  १६ थरीका मसला उत्पादन सुरु भएको छ ।

स्वदेशमै गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले जानकारी दिएको छ । मसलालगायत अन्य खाद्यवस्तुको उत्पादन सुरु गर्दासम्म २२ करोड लगानी अनुमान गरिएको यो उद्योग ९ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निशेधाज्ञाको समय मसलाजन्य उत्पादन सुरु गरिएकामा अन्य उत्पादन निषेधाज्ञापछि थालिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए ।

‘एक महिनादेखि नै मसलाजन्य उत्पादन र बिक्री सुरु भइसकेको छ’, उनले भने, निषेधाज्ञापछि अन्य उत्पादनको मेसिन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन, चियापत्ती, कन्फ्लेक्स, कुरकुरे, आलुचिप्सलगायत उत्पादन सुरु गरिने अर्यालले बताए ।

यो समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीको अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्देश्यले खाद्यवस्तु उद्योगमा  लगानी गरिएकोे उनको भनाइ छ ।

ग्रुपले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एन्ड क्राफ्ट र एभोकाडो इन्टरनेसनलमार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्ति गर्दै आएको छ ।
‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, अहिले नयाँ सोच र भिजनका साथ खाद्यय उद्योगमा हात हालेका हौं । अब क्रमशः निर्याततर्फ अगाडि बढ्छौं ।’

हाल जर्मन प्रविधिमा आधारित मेसिनले चार सय केजी मसला उत्पादन गर्नेछ । स्वचालित भएकाले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेसिनले नै मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङसमेत हुने अध्यक्ष अर्यालले  जानकारी दिए ।

लामो समयको बजार अनुसन्धान, माग, आपूर्ति र अन्तराष्ट्रिय बजारको अवस्थालाई समेत दृष्टिगत गरी निर्यात गर्ने उद्देश्यल उद्योग स्थापना गरिएको कम्पनीका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुसालले बताए ।

‘हामीले धेरै समय लगाएर बजार रिसर्च ग¥यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं,’ प्रबन्धक भुसालले भने । हाल निषेधाज्ञाका कारण मसलाको मागअनुसार आपूर्ति गर्दै आएको र सहज भएपछि देशभर आपूर्ति हुने गरी उत्पादन गरिने भुसालको भनाइ छ । हाल मसला उद्योगमा प्रत्यक्ष रूपमा ३५ जनाले रोजगारी पाएका छन् । सबै उत्पादन सुरु भएपछि डेढ सयले रोजगारी पाउने उनले बताए । मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्देश्य रहेको उनले सुनाए ।

‘तयारी मसलाको पहुँच ६० प्रतिशत हाराहारी होला । बाँँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ भने बाँँकी बाहिरबाट आउँछ’, उनले भने, सोही कारण मसला उत्पादनबाट सुरु गरेका हौं ।’

यो उद्योगको पूर्वाधार दुई वर्षअघि सुरु गरिए पनि गत महिनाबाट मसला उत्पादन थालिएको हो । नेपालमा वार्षिक साढे १२ अर्ब बराबरको मसलाको कारोबार हुने गरेको बताइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)