ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौराहाका पर्यटन व्यवसायीको सक्रियतामा ४५० घरधुरीलाई राहत वितरण 

२०७८ असार, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ८, चितवन । राक्सीराङ सिलिङ्गेका चेपाङसहित ४५० विपन्न घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ । 

चितवन र मकवानपुर जिल्लाको सिमानामा पर्ने राक्सीराङ गाउँपालिका सिलिङ्गे गाँउका चेपाङसहित ४५० विपन्न घरधुरीलाई खाद्यान्न सहयोग गरिएको हो ।

सौराहाका युवा पर्यटन व्यवसायी शिरलाल परियारको सक्रियतामा १० लाख रुपैयाँ बराबरको खाद्यान्न सोमवार राक्सीराङ गाउँपालिका वडा नम्बर ६ का स्थानीयलाई हस्तान्तरण गरिएको थियो ।

स्थानीयलाई एक महीना पुग्ने खाद्य सामग्री वितरण गरिएको पर्यटन  व्यवसायी तथा ग्रिन सोसाईटी नेपाल सौराहाका महासचिव शिरलाल परियारले जानकारी दिए ।

राक्सीराङ गाउँपालिका वडा ६ का वडा अध्यक्ष सिंहलाल प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा प्रति घर २० केजी चामल, १ लिटर तेल, १ पोका नुन, २ पोका मस्यौरा प्रदान गरिएको थियो । यस्तै १२ भन्दाबढी घर परिवारलाई खान पकाउने र खाने भाडाकुँडा समेत सहयोग गरिएको परियारले बताए ।

वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रजाले वर्षेनी अनिकालको चपेटामा रहेका यहाँ चेपाङसहितका विपन्न समुदायले यो पटक निषेधाज्ञाका  कारण खाद्य संकट नै आईपरेको बेलामा आएको सहयोगले ठूलो राहत मिलेको बताए ।

राक्सिराङमा यसरी पहिलो पटक सबै वडावासीहरुलाई पुग्ने गरी राहत वितरण भएको भन्दै उनले दाताहरुहरुप्रति उच्च प्रशंसा र आभार प्रकट गरे  ।

‘हामी स्थानिय सरकार भएर पनि चेपाङ, तामाङ र मगर समुदायको बाहुल्यता रहेको यहाँ कुनै सहयोग गर्न सकेका थिएनौँ, तर विदेशी टिमले सहयोग पठाएर राहत बाँडिएको छ । अब भने, यहाँ ढुक्कसँग चुल्लो बल्नेछ ।’ उनले भने ।

विभिन्न सामाजिक कार्यमा संलग्न पर्यटन व्यवसायी परियार यो पटक समस्यामा परेका विपन्न समुदायलाई आफ्ना विदेशी दातृसंस्था र व्यक्तिमार्फत सहयोग जुटाउदै ठाँउ–ठाँउमा राहत बाँड्दै आएका छन् ।

पर्यटन व्यवसाय ठप्प रहेको वेला विभिन्न सञ्चारमाध्यममा यहाँका विपन्न परिवारले खान नपाएको चेपाङ अगुवा केपीकिरण शर्मा मार्फत सहयोग अभियान उनीसहितको टिमले थालेको थियो ।

‘खाद्यान्न अभाव झेलिरहेका चेपाङ वस्तीमा सहयोग गर्न पाउँदा खुशी लागेको छ’, वितरण कार्यक्रममा पर्यटन व्यवसायी परियारले भने, ‘जर्मन र हल्याण्डका साथीले गरेको सहयोग वितरण गरेका हौँ ।’ सौराहामा होटल पार्कसाइड सञ्चालन गरेका परियार सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय हुँदै आएका छन् ।

चेपाङवस्तीमा खाद्यान्न संकट निवारणका लागि शिरलाल परियारले विदेशमा रहेका दाताहरुसँग समन्वय जारी राख्दै आएका छन् ।

परियारले राक्सिराङमा भने हेल्प डेक्स खैरहनीसँग समेत सहकार्य गरि यहाँ राहत बाँडेको बताए । यो पटक यहाँको ४५० घरधुरीलाई नेपाल हिल्फ डिरेक्ट र अफ्रिका लुज द ईस्लानको सहयोग राहत वितरण गरिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)