ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्राफिक कार्यालय, चितवनको राजस्व संकलन ३ करोडभन्दा बढी

२०७८ असार, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ८, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चालू आर्थिक वर्षको ११ महिनामा ३ करोड ९ लाख ६५ हजार ५०० राजस्व संकलन गरेको छ । सो अवधिमा सबैभन्दा बढी राजस्व संकलन माघ महिनामा ४७ लाख १२ हजार ५सय र सबैभन्दा कम ज्येष्ठ महिनामा ९ लाख २३ हजार रुपैयांँ संकलन गरेको छ । 

कार्यालयले दिएको जानकारी अनुसार श्रावण महिनामा ९ लाख २६ हजार, भदौ महिनामा ६ लाख ८४ हजार पांँच सय, असोज महिनामा २९ लाख ७७ हजार पांँच सय, कात्तिक महिनामा ३४ लाख ३० हजार र मंसीर महिनामा ३६ लाख ६३ हजार पांँच सय रुपैयांँ संकलन गरेको छ । यसैगरी कार्यालयले पुस महिनामा ४४ लाख ४४ हजार पांँच सयँ, फागुन महिनामा ३१ लाख ६२ हजार पांँच सय, चैत महिनामा ३८ लाख १५ हजार पांँच सय र वैशाख महिनामा २२ लाख २५ हजार राजस्व संकलन गरेको छ । पुसभन्दा अघिका महिनामा दुर्घटनाको अनुपात बढ्दै गएका कारण त्यसपछिका महिनाहरुमा बिशेष अभियान चलाईएका कारण माघ महिनामा राजस्व संकलनमा बृद्धि भएको चितवन  ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले बताए । ‘विशेषगरी मंसीरसम्म अघि दुर्घटना, घाइते र मृत्यको संख्या बढ्दै गयो,’ थापाले भने, ‘त्यसपछि वाग्मती प्रदेश ट्राफिक र जिल्ला प्रहरी कार्यालयको समन्वयमा चेकजांँचमा थप कडाई गरियो । गतबर्ष लगाईएको लकडाउन पनि खुल्ला भयो ।’

जेठ महिनाभर निशेधाज्ञा भएको र अतिआवश्यक सवारी मात्र चल्नुका साथै अन्य सवारीसाधनको आगमन नभएकोले राजस्व संकलनमा कमी आएको उनले बताए । ‘सार्वजनिक, नीजि सवारी पनि चलेनन, अतिआवश्यक सवारीसाधन मात्रै चल,े उनले भने, कारबाही गरिएको भुक्तानी बैंक मार्फत सवारीधनीलाई तिर्न सहज पनि भएन ।’

सबैभन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट 
कार्यालयले चालु आवको जेठ महिनासम्म सबै भन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट गरेको छ । भने सबैभन्दा कम राजस्व संकलन टेक्टरबाट संकलन गरेको छ । जसअनुसार मोटरसाइकलबाट ११ महिनामा ८९ लाख ११ हजार पांँचसय रुपैयांँ र ट्र्याक्टरबाट १२ लाख १ हजार पांँचसय रुपैयांँ राजस्व संकलन गरेको छ । यसैगरी कार्यालयले जीपकारबाट ७९ लाख ३३ हजार रुपैयांँ, ट्रक÷टिपरबाट ६६ लाख ३६ हजार पांँच सय, बस माइक्रोबाट ३५ लाख ६० हजार र टेम्पोबाट २७ लाख २२ हजार पांँच सय रुपैयांँ राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख थापाले चितवनमा गुड्ने सवारीसाधनमध्ये मोटरसाइकलको संख्या बढी भएको र कारवाही पनि यो सवारीसाधनकै बढी हुनाले मोटरसाइकलबाट बढी राजस्व संकलन हुने उनले बताए । ट्र्याक्टरको संख्या र आवागमन पनि कम हुने र विशेषगरी यी सवारीसाधन ग्रामीण क्षेत्रतिर गुड्ने र ट्राफिक प्रहरीको पहुंँच कम हुने हुनाले पनि राजस्व संकलन कम हुने उनको भनाइ छ । 

३६ हजार ४२२ सवारीसाधन माथि कारबाही 
चालू आवको ११ महिनाको अवधिमा कार्यालयले ३६ हजार ४२२ सवारीसाधनलाई कारबाही गरेको छ । यीमध्ये सबैभन्दा बढी १० हजार ६०३ मोटरसाइकल चालक बढी कारबाहीमा परेका छन् भने सबैभन्दा सबैभन्दा कम एक हजार ३९४   ट्र्याक्टर चालक कारबाहीमा परेका छन् । कार्यालयका अनुसार यस अवधिमा कारबाहीमा  ९ हजार १ सय ९८ जीप, कारचालक, ७ हजार ५सय २९ ट्रक ट्रिप्पर चालक, ४ हजार १सय ४९ वटा बस र माइक्रो र ३ हजार पांँच सय ४९ टेम्पो र अन्य सवारीसाधन चालक रहेका छन् ।

सवारीसाधन संख्या अनुसार लापरबाही र कारबाही पनि सोही अनुपात बढने भएकोले मोटरसाइकलको बढी र ट्र्याक्टरको कारबाही कम भएको उनले बताए । ‘जिल्लामा मोटरसाइकलबाट बढी लापरबाही, दुर्घटना, घाइते पनि यही सवारीसाधनबाट हुन्छ । कारबाही पनि बढी यसैको हुन्छ,’ उनले भने । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)