ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारणलाईन व्यवस्थापन अन्तिम चरणमा

२०७८ असार, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक चित्र
author avatar नवराज शिवाकोटी

असार १२, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारणलाईन व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । 

असार १३ गतेबाट आयोजनाको दोलखा तथा रामेछापमा निर्मित मल्टिसर्किट टावरमा तार तान्ने काम शुरु हुने भएसँगै प्रसारण लाईन व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको हो ।

आइतवारबाट दोलखा तथा रामेछापमा रहेका मल्टिसर्किट टावरमा तार तान्ने काम शुरु हुने माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डाक्टर गणेस प्रसाद न्यौपानेले आर्थिक अभियानलाई बताए ।

मल्टिसर्किट टावरमा तार तान्ने काम सम्पन्न भएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जोडिने प्रवक्ता न्यौपानेको भनाइ छ । लामोसमय जग्गा विवादका कारण मल्टिसर्किट टावरहरुमा तार तान्ने काम सम्पन्न हुन सकेको थिएन । 

मल्टिसर्किट टावरमा तार तान्ने क्रममा असार १३ गतेदेखि १९ गतेसम्म  खिम्ति– लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने नेपाल विद्युत प्राधिकरण प्रणाली विभागले बताएको छ । यस क्रममा ६० मेगावाटको किर्नेटारमा रहेको विद्युत् गृहबाट उत्पादीत विद्युत् प्रसारण लाईनमा पठाउन बन्द हुने भएको छ ।

मल्टिसर्किट टावरमा तार तानिएसँगै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनको काम पूरा हुने आयोजनाको भनाइ छ । रामेछापको फुलासीमा निर्माणाधीन सबष्टेशनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अहिले सुरुङ, पेनस्टक, पावर हाउसभित्र रहेका विभिन्न संरचना  र यन्त्र उपकरणहरुको परीक्षणको क्रममा रहेको छ । विभिन्न संरचनाहरुको परीक्षण पश्चात विद्युत् उत्पादन परीक्षणको मिति तोक्न सकिने आयोजनाको भनाइ छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)