ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना कहरकै बीच चितवनमा धान रोपाईं ५०% सकियो

२०७८ असार, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार १२, चितवन । चितवनमा शनिवारसम्म ५०  प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको छ । 

पूर्वी चितवनका सात स्थानीय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगरनगरपालिका र माडीमा झण्डै ८० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । बांँकी भरतपुर महानगरपालिका, कालिका नगरपालिका र ईच्छाकामना गाउंँपालिकाका भने केही क्षेत्रमा मात्र रोपाईं शुरु गरिएको छ । 

चितवनको सम्पूर्ण धानखेती क्षेत्रफलमध्ये ३५ प्रतिशत हिस्सा पूर्वी चितवनका पालिकाले ओगटेको छ । कोरोना कहरका बीच रोपाईं गर्ने जनशक्ति तराई क्षेत्रबाट नआएको र गत सालबाट नै आफ्नै परिवार र पर्मबाट रोपाई गरिएको छ । ‘अघिल्ला सालमा मधेशबाट रोपाईं गर्न खेताला आउंँथे, ज्ञान केन्द्रका प्रमुख राजन ढकालले भने, अहिले किसानहरु आफै सक्रिय भएका छन् ।’

खैरहनी र राप्ती नगरपालिकामा यस वर्ष मेशीनबाट रोपाई गर्ने कृषकको संख्या बढेकोले पनि रोपाई गर्ने क्रम चांँडो भएको ढकालको भनाइ छ । ‘मनसुन र मौसम पनि अनुकुल भयो, उनले भने, पूर्वी चितवनमा चैते धान भित्र्याउने वित्तिकै बर्खे धान शुरु गर्छन् । पछि तोरी लाउन पनि ढिला हुन्छ ।’ 

पश्चिम चितवनमा नारायणी लिप्ट सिँचाई चालू गर्ने समय नभएकोले र अधिकांश किसानको मकै लगायत अन्य बाली नथन्किइ सकिएकोले पनि असार तेस्रो साताबाट शुरु हुने गर्दछ । तर बोरिङ र घोल क्षेत्र भएका क्षेत्रहरु भएका कतिपय क्षेत्रमा धान रोपाईं शुरु गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले पूर्वी चितवनको धान जोन क्षेत्र राप्ती, खैरहनी, र रत्ननगरका क्षेत्रहरुमा अधिकांश क्षेत्रमा रोपाई सकिएको जानकारी दिए । 

‘पूर्वी चितवनको कालिका नगरपालिका बाहेक अन्य पालिकामा केही दिनमा रोपाईं सकिन्छ पौडेलले भने, भरतपुर महानगरपालिका क्षेत्रमा भने केहीले छरुवा धान लगाउन शुरु गरेका छन् । ’

ज्ञान केन्द्रले बीउ तयार भइसकेको स्थान र पानी प्रशस्त भएको ठाउंँमा छिटो धान रोप्न आग्रह समेत गरेको छ । खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२ दशमलव ७ प्रतिशत जमिनमा सिँचाइ पुगेको ज्ञान केन्द्रले जानकारी दिएको छ  । 

गत वर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धानखेती भएको थियो । जस अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलव २ मेट्रिक टन रहेको छ भने वर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलव ५२ रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)