ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी : प्रसारण लाइन व्यवस्थापन अन्तिम चरणमा

२०७८ असार, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । असार १३ गतेदेखि आयोजनाको दोलखा तथा रामेछापमा निर्मित मल्टी सर्किट टावरमा तार तान्ने काम शुरू हुने भएसँगै प्रसारण लाइन व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको हो ।

आइतवारदेखि दोलखा तथा रामेछापमा रहेका मल्टी सर्किट टावरमा तार तान्ने काम शुरू हुने आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले जानकारी दिए । मल्टी सर्किट टावरमा तार तान्ने काम सम्पन्न भएपछि माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रवक्ता न्यौपानेको भनाइ छ । लामो समय जग्गा विवादका कारण मल्टी सर्किट टावरमा तार तान्ने काम सम्पन्न हुन सकेको थिएन । मल्टिसर्किट टावरमा तार तान्ने क्रममा असार १३ गतेदेखि १९ गतेसम्म खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने नेपाल विद्युत् प्राधिकरण प्रणाली विभागले बताएको छ । यस क्रममा ६० मेगावाटको किर्नेटार रहेको विद्युत् गृहबाट उत्पादित विद्युत् प्रसारण लाइनमा पठाउन बन्द हुने भएको छ । मल्टी सर्किट टावरमा तार तानिएसँगै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनको काम पूरा हुने बताइएको छ । आयोजनाका अनुसार रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा अहिले सुरुङ, पेनस्टक, विद्युत्गृहभित्रका विभिन्न संरचना र यन्त्र÷उपकरणको परीक्षणको काम भइरहेको छ । विभिन्न संरचनाको परीक्षणपछि विद्युत् उत्पादन परीक्षणको मिति तोकिने आयोजनाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)