ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन चेम्बर्स अफ कमर्सद्वारा विपन्न परिवारलाई राहत सामग्री वितरण

२०७८ असार, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार १५, चितवन । चितवन चेम्बर्स अफ कमर्सले ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ र ५ का चेपाङ समुदाय र विपन्न परिवालाई राहत सामग्री तथा मास्क वितरण गरेको छ । 

चितवनको एकमात्र गाउँपालिकामा ती समुदायको दैनिक जीवनयापनमा सहज होस् भन्ने हेतुले सोमवार ६० घरधुरीलाई उक्त सामग्री वितरण गरिएको हो । 

वितरण कार्यक्रममा बोल्दै  चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता समुदायलाई लक्षित गर्दै राहत सामग्री वितरण गरिएको बताए । ‘हामीले निषेधाज्ञाको समयमा अझैपनि मानिसहरु भोकै छन् भन्ने सुन्यौ, राहतको लागि अनुरोधसँगै हामी राहत सामग्री लिएर आईपुग्यौं ।’ श्रेष्ठले भने । निषेधाज्ञाले व्यवसायी आफैँ समस्या परेपनि आफूहरुले यस्ता सामाजिक कार्यमा सक्दो सहयोग गर्दै आईरहेको उनको भनाइ छ । 

सो अवसरमा बोल्दै वडा नम्बर ५ का अध्यक्ष मोदराज सिलवालले यस पालिकामा अधिकांश समुदाय गरीबीको चपेटामा रहेको भन्दै यस्ता सहयोगले त्यस्ता समुदाय र घरधुरीको चुल्हो बाल्न सहयोग पुगेको बताए । यस्तो विषम परिस्थितिमा विभिन्न निजी तथा गैह्र सरकारी संस्थाले सासको लागि सिलिण्डर र गासको लागि राहत सामग्री सहयोग गर्दै स्थानीय सरकारसँग हातेमालो गरेकोमा आभार प्रकट गरेको बताए । 

वितरण कार्यक्रममा चेम्बरका उपाध्यक्ष गोपाल भट्टराई, सचिव, बालकुमार श्रेष्ठ, कोषाध्यक्ष निर्मला पण्डित सदस्य रुवीन रामुदामु, महेश तिवारी लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)