ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युतको परीक्षण विद्युत् उत्पादनको प्रधानमन्त्रीले उद्घाटन गर्ने

२०७८ असार, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar नवराज शिवाकोटी

असार २०, दोलखा । बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण विद्युत उत्पादनको सोमवार उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आयोजनाको विद्युत् उत्पादन परीक्षणको उद्घाटन गर्नु हुने छ ।

अपरान्ह चार बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट आयोजनाको परीक्षण उत्पादन शुरुवात गर्ने कार्यको उद्घाटन गर्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले अभियान दैनिकसँगको कुराकानीको क्रममा बताए ।

प्रधानमन्त्रीले उद्घाटन गरे पश्चात आयोजनाका छ ओटा युनिट मध्ये एक युनिटबाट ७६ मेघावाट विद्युतको परीक्षण उत्पादन शुरु हुने छ ।

आइतवार नै खिम्ति सबस्टेशनदेखि गोंगरसम्मको  ४७ दशमलव २ किलोमिटर लामो विद्युत् प्रसारण लाईन चार्जिङ गर्ने काम सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।

२०६७ सालमा मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको आयोजनाको  विसं २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । त्यसको करिव ११ बर्षपछि तामाकोशीको पहिलो युनिटवाट विद्युत् उत्पादन हुन लागेको छ ।

 आयोजनाका अन्य अरु पाँच ओटा युनिटबाट विद्युत् उत्पादन गर्नकालागि आवश्यक परीक्षणहरु भइरहेको आयोजनाले बताएको छ । छ ओटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

सुख्खा यामका लागि रोलवालिङ डाइभर्सनबाट पानी ल्याउन आवश्यक रहेकोले डाइभर्सन बनाउनको लागि आवश्यक टेन्डर प्रक्रिया चलिरहेको आयोजनाको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)