ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्राफिक कार्यालय चितवन : राजस्व संकलन ३ करोडभन्दा बढी

२०७८ असार, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चालू आर्थिक वर्षको ११ महीनामा ३ करोड ९ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा सबैभन्दा बढी राजस्व संकलन माघमा ४७ लाख १२ हजार र सबैभन्दा कम जेठमा ९ लाख २३ हजार रुपैयाँ संकलन गरेको छ ।

कार्यालयका अनुसार साउनमा ९ लाख २६ हजार, भदौमा ६ लाख ८४ हजार, असोजमा २९ लाख ७७ हजार, कात्तिकमा ३४ लाख ३० हजार र मङ्सिरमा ३६ लाख ६३ हजार, पुसमा ४४ लाख ४४ हजार, फागुनमा ३१ लाख ६२ हजार, चैतमा ३८ लाख १५ हजार र वैशाखमा २२ लाख २५ हजार राजस्व संकलन गरेको छ । पुसभन्दा अघिका महीनामा दुर्घटनाको अनुपात बढ्दै गएकाले त्यसपछिका महीनामा विशेष अभियान चलाइएकाले माघमा राजस्व संकलनमा वृद्धि भएको चितवन ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले बताए ।

जेठभर निषेधाज्ञा भएको र अत्यावश्यक सवारीसाधन मात्र चलेकाले राजस्व संकलनमा कमी आएको उनले बताए । ‘सार्वजनिक, निजी सवारी पनि चलेनन्,’ उनले भने, ‘कारबाहीमा परेकाहरूले भुक्तानी रकम बैंकमार्फत तिर्न सहज पनि भएन ।’

कार्यालयले जेठसम्ममा सबैभन्दा बढी राजस्व संकलन मोटरसाइकलबाट र सबैभन्दा कम राजस्व संकलन ट्र्याक्टरबाट संकलन गरेको छ । मोटरसाइकलबाट ११ महीनामा ८९ लाख ११ हजार र ट्र्याक्टरबाट १२ लाख १ हजार राजस्व संकलन गरेको हो । यसैगरी जीप/कारबाट ७९ लाख ३३ हजार, ट्रक÷टिपरबाट ६६ लाख ३६ हजार, बस÷माइक्रो बसबाट ३५ लाख ६० हजार र टेम्पोबाट २७ लाख २२ हजार राजस्व असुली भएको छ ।

कार्यालय प्रमुख थापाले चितवनमा गुड्ने सवारीसाधनमध्ये मोटरसाइकलको संख्या बढी भएको र कारबाही पनि यो सवारीसाधनकै धेरै हुनाले बढी राजस्व संकलन भएको बताए । ट्र्याक्टरको संख्या र आवागमन पनि कम हुने, विशेषगरी यी सवारीसाधन ग्रामीण क्षेत्रतिर गुड्ने र ट्राफिक प्रहरीको पहुँच कम हुँदा राजस्व संकलन कम हुने गरेको उनको भनाइ छ ।

३६ हजार ४२२ सवारीसाधनमाथि कारबाही
चालू आवको ११ महीना अवधिमा कार्यालयले ३६ हजार ४२२ सवारीसाधनलाई कारबाही गरेको छ । यीमध्ये सबैभन्दा बढी १० हजार ६०३ मोटरसाइकल चालक बढी कारबाहीमा परेका छन् भने सबैभन्दा सबैभन्दा कम १ हजार ३९४ ट्र्याक्टर चालक कारबाहीमा परेका छन् । कार्यालयका अनुसार यस अवधिमा कारबाहीमा ९ हजार १ सय ९८ जीप÷कारचालक, ७ हजार ५२९ ट्रक÷टिपर चालक, ४ हजार १४९ बस÷माइक्रो बस र ३ हजार ५४९ टेम्पो र अन्य सवारीसाधनका चालक रहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)