ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रत्ननगरका किसानलाई अनुदानमा कृषि उपकरण वितरण

२०७८ असार, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार २५, चितवन । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ । 

कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो ।

मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत कृषि र्फमलाई ट्याक्टर सहित कल्टीभेटर, रोडाभेटर, हाइरो, बीउ राख्ने र मल छर्ने मेसिन, थ्रेसर, टेलर र च्यापकटर मेसिन वितरण गरिएको छ । 

ट्याक्टर र अन्य उपकरणसहित ३० लाखमा खरीद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अर्थात १५ लाख रुपैयाँमा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रविण लामाले जानकारी दिए । 

पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ ओटा च्यापकटर मेसिन, रत्ननगरनगरपालिका वडा नम्बर ११ का किसान इश्वरी चौलागाई र रत्ननगरनगरपालिका वडा नम्बर ३ का किसान दर्शन महतोलाई एक/एक ओटा एउटा च्यापकटर मेसिन प्रदान गरिएको हो ।

यसैगरी सहयोगी कृषक समूह रत्ननगर नगरपालिका वडा नम्बर  ११ लाई मकै छोड्याउने ३ ओटा मेसिन,उत्पीडित कृषि सहकारी संस्था रत्ननगर ११, किसान युवराज शर्मा र नविपशु तथा कृषि फर्मलाई मकै छोडायाउने एक/एक ओटा मेसिन प्रदान गरिएको लामाले जानकारी दिए । सहयोगी कृषक समूह र किसाज युवराज शर्मालाई एक एक ओटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ । 

रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सहकारी तथा कृषि  समूहका अध्यक्ष र किसानहरुलाई उपकरण हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै मेयर वनले किसानलाई व्यवसायिक बनाउन उपकरण दिन्छु भन्दा पनि किसानहरुले खासै चासो नदिएको बताए । 

वनले सहकारी र कृषि  समूहलाई प्रदान गरिएको उपकरण दुरुपयोग भए नगरपालिकाले फिर्ता लिनसक्ने बताए । ‘अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्छ उनले भने ट्याक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता लिनेछ ।’ मेयर वनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)