ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोभिडविरुद्धको खोप उपलब्ध गराउन नेचर गाइडको माग

२०७८ असार, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । सौराहाका नेचर गाइडहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने माग गरेका छन् । पर्यापर्यटन व्यवसायमा नेचर गाइडले अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भन्दै नेचर गाइड एशोसिएशन, चितवनले शनिवार सौराहामा पत्रकार सम्मेलन गर्दै खोप उपलब्ध गराउनुपर्ने लगायत माग सरकारसँग गरेका हुन् । कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र धामीले खोपका लागि आफूहरूले पटक पटक अनुरोध गर्दा पनि सरकारले बेवास्ता गरेको बताए । ‘अब निषेधाज्ञा पनि खुकुलो भयो । पर्यटन व्यवसाय पनि केही खुकुलो हुँदै गएको छ । अब हामीले पनि खोप लगाउन पाउनुपर्‍यो,’ उनले भने । पर्यटकलाई कोभिडको जोखिमबाट सुरक्षा महसूस गराउन र संक्रमण न्यूनीकरणका लागि पनि खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।

नेचर गाइडहरूले लाइसेन्स नवीकरण शुल्क मिनाहा हुनुपर्ने, आफ्नो काम तत्काल गर्न पाउनुपर्ने, नभए विकल्प दिनुपर्ने र यसलाई व्यावसायिक एवं मर्यादित बनाउन कार्यविधि बनाउन समेत माग गरेका छन् ।

संघका पूर्वअध्यक्ष एवं सल्लाहकार उदयचन्द्र अर्यालले ट्रेकिङ गाइड र टुर गाइडलाई खोप दिइएको, तर नेचर गाइडलाई विभेद गरिएको गुनासो गरे । ‘खोप पाइएको छैन, काम पाइएको छैन । दक्ष जनशक्ति पलायन भएका छन्,’ उनले भने, ‘नेचर गाइडलाई सरकारबाटै बेवास्ता गरियो ।’

पर्यटन क्षेत्र चलायमान भएको अवस्थामा नेचर गाइडले मासिक २० हजारदेखि ७० हजारसम्म आम्दानी गर्दै आएकोमा गत सालदेखि नै अधिकांश नेचर गाइडले पेशा नै परिवर्तन गर्नुपरेको अर्यालको भनाइ छ । पर्यटन क्षेत्रमा दक्ष नेचर गाइडको अभाव रहेको भन्दै उनले देशको पर्यटन प्रवर्द्धन र संरक्षणमा सचेतना जगाउन नेचर गाइडको भूमिका महत्त्वपूर्ण हुने बताए ।

संघमा आबद्ध नेचर गाइड ७०० भन्दा बढी छन्, जसमध्ये व्यावसायिक नेचर गाइड करीब ५०० जना छन् । यीमध्ये ४०० जनाले सौराहालाई कार्यक्षेत्र बनाएका छन् भने बाँकी अन्य पर्यटकीय क्षेत्र मेघौली, पटिहानी, माडी, नवलपुरको माडी लगायत पर्यटकीय क्षेत्रमा आधारित छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)