ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा आयो

२०७८ सावन, ९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको फाइल फोटो
author avatar नवराज शिवाकोटी

साउन ९, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा  आएको छ ।

शुक्रवारबाट ७६ मेगावाटको तेस्रो युनिट सञ्चालनमा आएको हो ।शुक्रवार तेस्रो युनिट सञ्चालनमा आएसँगै २२८ मेगावाट विद्युत् उत्पादन हुन शुरु गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता गणेश प्रसाद न्यौपानेले आर्थिक अभियानलाई बताए ।

पहिलो युनिट गत असार २१ गते र दोस्रो युनिट असार २९ गते सञ्चालनमा आएका थियो । साउन महीनाभित्र चौथो युनिटबाट पनि विद्युत् उत्पादन शुरु हुने प्रबक्ता न्यौपानेको भनाइ छ ।

परीक्षण उत्पादनको क्रममा खासै समस्या नदेखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादीत विद्युत् विद्युतगृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/ २२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ ।

७६ मेगावाट क्षमताका छ ओटा युनिट रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट छ ओटै युनिट सञ्चालन हुँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

ramram

[Jul 24, 2021 02:31pm]

good news. dolakha vimsen le raxa garun.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)